यस्तो छ ‘ज्याकी : आई एम ट्वान्टी वान’?

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०८०
|
|
४१ पटक हेरिएको
Shares
यस्तो छ ‘ज्याकी : आई एम ट्वान्टी वान’?

सारांश

  • काठमाडाैं।
  • गत हप्तादेखि नयाँ चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ प्रदर्शनरत छ।
  • बनिरहेका चलचित्रको भिडमा यो फरक देखिएको छ।

काठमाडाैं। गत हप्तादेखि नयाँ चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ प्रदर्शनरत छ। बनिरहेका चलचित्रको भिडमा यो फरक देखिएको छ। किनकि नृत्यलाई प्रमुख विषय बनाएर यसको कथा भनिएको छ। नृत्य निर्देशनमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल रिनाशा राई राणाले यसको निर्देशन गरेकी छन्। उनको यो दोस्रो निर्देशकीय चलचित्र हो तर, दर्शकलाई पर्दामा निर्मित पात्रसँग जोड्न नसक्दा यसले नत राम्रो समीक्षा नै पाइरहेको छ नत राम्रो व्यापार नै गर्न सकेको छ।

पात्रहरुले आफ्ना उद्देश्य प्राप्तिका लागि प्रयत्न गर्दा आइपर्ने व्यवधान नै अवरोध हुन्। अवरोध नभएमा पात्रलाई उद्देश्य प्राप्त गर्न सहज हुन्छ। सहजताले दिएको सफलताले अन्यलाई प्रभाव पार्दैन। चलचित्रमा प्रमुख पात्रले आफ्नो उद्देश्य प्राप्तिका लागि खासै अवरोधहरुको सामना गर्दैनन् । तसर्थ उसको उद्देश्य प्राप्ति सजिलै हुन्छ। द्वन्द्व सिर्जनामा चुक्दा दर्शकले पात्रसँगै यात्रा गर्दैनन्।

धराने केटो ज्याकी लिम्बू (धीरज मगर) मै केन्द्रित रहेको चलचित्रमा उनको पहिचान नृत्यले स्थापित गरेको हुन्छ तर, ज्याकीका बुबा छोरालाई लाहुरे बनाउन चाहन्छन्। जेठा दाजु मिलनमार्फत पूरा नभएको सपना ज्याकीमाथि लादिएको छ। एकतर्फ बुबाको चाहना अर्कोतर्फ आफ्नो गन्तव्य। ज्याकी अलमलमा रहँदा नै एउटा घटनाले उनलाई काठमाडौँसम्म ल्याउँछ। ज्याकीझैँ रुबी (जसिता गुरुङ)को पनि सपना नृत्य नै हो। उनलाई आफ्नो भविष्य नृत्यकार भएर बनाउनु छ तर, घरमा आमाबाहेक उनको यो सपनामा साथ दिने कोही छैन। काठमाडौँमा यी दुईको भेट हुन्छ। एउटै गन्तव्य भएकाले सहकार्य गर्छन्। यी दुई पात्रले आफ्नो सपना पूरा गर्ने सन्दर्भमै ‘ज्याकी : आई एम ट्वान्टी वान’को बाँकी कथा प्रस्तुत गरिएको छ।

हिपहप डान्सलाई सुन्दर ढङ्गबाट प्रस्तुत गरिएको छ। संगीतको तालअनुसारका नृत्यका स्टेपको प्रस्तुती आकर्षक देखिन्छ। नृत्यझैँ कथालाई पर्दामा विश्वासिलो ढंगमा प्रस्तुत गर्न नसक्दा निर्देशक राईले राम्रो चलचित्र दिन सकेका छैनन्। प्रमुख पात्रले सहजै गन्तव्य तय गर्न थालेपछि दर्शक जोडिँदैनन्। चलचित्रको संगीत र यसमा देखाइएको नृत्यहरू धेरै मात्रामा प्रभावित भएको देखिन्छ। आफ्नो पात्रलाई जीवन्त बनाउन अभिनेता मगर, अभिनेत्री गुरुङसँगै अभिनेता अरुण क्षेत्रीले गरेको मेहनत देखिएता पनि प्रस्तुतीका कारण त्यो महसुश गर्न सकिँदैन। निर्माण समूहले उल्लेखित कलाकारलाई नृत्यको प्रशिक्षण नै दिएर चलचित्र निर्माण गरेको थियो। नेपाली चलचित्रमा आफ्नो पात्र निर्माणमा यस किसिमको मेहनत निकै कम कलाकारले गर्ने गरेकाछन्।

यद्यपि विषय र त्यसको प्रस्तुतीको कारण त्यो फिक्का देखिएको छ। एउटा गीतलाई उत्कृष्ट बनाउन निर्देशक राणाले गर्ने मेहनत चलचित्रमा देखिएको छैन। त्यसैले चलचित्र हेरिरहँदा कहीँकतै नृत्य रियालिटी सो हेरेजस्तो पनि लाग्छ तर, हिपहपका नृत्य रुचाउने, भूमिगत नृत्य गर्ने समूहलाई भने यसले आकर्षण गर्न सक्छ। किनकि चलचित्रमा कथा नभई नृत्य नै नृत्य छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमान खरिदमा अनियमितता भएको भन्दै छानवीन गर्न माग
विमान खरिदमा अनियमितता भएको भन्दै छानवीन गर्न माग
ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो
ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो
नीति आयोगको उपाध्यक्षमा डा.खिमलाल देवकोटा नियुक्त
नीति आयोगको उपाध्यक्षमा डा.खिमलाल देवकोटा नियुक्त
प्रविधि मन्त्रालयद्वारा सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न निर्देशन
प्रविधि मन्त्रालयद्वारा सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न निर्देशन
पानीको पर्खाइमै बिते दलित बस्तीका दुई दशक
पानीको पर्खाइमै बिते दलित बस्तीका दुई दशक
तुलसीपुरका मेयर पाण्डे ताइवान पुगेर किन भेटे एनआरएन अध्यक्ष भट्टलाई ?
तुलसीपुरका मेयर पाण्डे ताइवान पुगेर किन भेटे एनआरएन अध्यक्ष भट्टलाई ?
गोरखानाथ मन्दिर परिसरमा रोट महोत्सव हुने
गोरखानाथ मन्दिर परिसरमा रोट महोत्सव हुने
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान
कोरोना भाइरसः चीनलाई उछिन्दै युरोप
कोरोना भाइरसः चीनलाई उछिन्दै युरोप
एरोफ्लोट एयरलाईन्सको जिएसएमा गण्डकी ईन्टरनेशनल ट्राभल नियुक्त
एरोफ्लोट एयरलाईन्सको जिएसएमा गण्डकी ईन्टरनेशनल ट्राभल नियुक्त