जापानी संस्थाले दुईवटा विद्यालय बनाइदिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
४१ पटक हेरिएको
Shares
जापानी संस्थाले दुईवटा विद्यालय बनाइदिने

सारांश

  • इलाम, १६ कात्तिक  जापानी संस्था एशिया फ्रेण्डसिप नेटवर्कले इलामका दुईवटा विद्यालयमा आठकोठे पक्की भवन बनाइदिने भएको छ ।
  • सूर्योदय नगरपालिकाको कृष्णाश्रम मावि कन्याम र रोङ गाउँपालिकाको सरस्वती मावि भालुझोडामा भवन बन्ने भएको हो ।
  • उक्त नेटवर्कका जापानी प्रतिनिधि मोमोको र नेपाल प्रतिनिधि पूर्णलाल श्रेष्ठले संयुक्तरूपमा ती विद्यालयको पक्की भवन शिलान्यास गर्नुभएको हो ।

इलाम, १६ कात्तिक  जापानी संस्था एशिया फ्रेण्डसिप नेटवर्कले इलामका दुईवटा विद्यालयमा आठकोठे पक्की भवन बनाइदिने भएको छ ।

सूर्योदय नगरपालिकाको कृष्णाश्रम मावि कन्याम र रोङ गाउँपालिकाको सरस्वती मावि भालुझोडामा भवन बन्ने भएको हो ।

उक्त नेटवर्कका जापानी प्रतिनिधि मोमोको र नेपाल प्रतिनिधि पूर्णलाल श्रेष्ठले संयुक्तरूपमा ती विद्यालयको पक्की भवन शिलान्यास गर्नुभएको हो ।

जापानी नागरिक इजुमारो युजुरोको छोरीको २५ वर्षमा निधन भएको थियो । छोरीको स्मृतिमा जापानमा स्थापना गरिएको सो संस्थाले नेपालका विद्यालयमा सहयोग गर्दै आएको नेटवर्कका नेपाल प्रतिनिधि पूर्णलाल श्रेष्ठले बताउनुभयो ।

नेपालमा सो संस्थाले सन् १९९६ बाट सहयोग गर्दै आएको छ । नेटवर्कले नेपालको सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, नुवाकोट लगायतका जिल्लामा ८४ विद्यालय भवन निर्माण गरिसकेको छ । तत्कालीन सांसद झलनाथ खनालले पेश गरेको प्रस्तावअनुसार इलाममा पनि सहयोग गर्न लागिएको नेटवर्कका प्रतिनिधि मोमोकोले बताउनुभयो । आगामी १५ महिना भित्रमा सो भवन निर्माण भई विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत
संसदीय समितिमा नबस्ने शेखर कोइरालाको घोषणा, आखिर किन ?
संसदीय समितिमा नबस्ने शेखर कोइरालाको घोषणा, आखिर किन ?
साउन ५ गते आइतबारको राशीफल यस्तो छ
साउन ५ गते आइतबारको राशीफल यस्तो छ
धरहरा निर्माणकाे लागी म काेदालाे खन्न र डाेकाेमा इट्टा बाेक्न तयार छु : प्रम ओली
‘सिकलसेल एनिमियाबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिनुपर्छ’
‘सिकलसेल एनिमियाबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिनुपर्छ’
एमाले , माओवादी ७४ सिटको भागबण्डा :(सूचीसहित)
एमाले , माओवादी ७४ सिटको भागबण्डा :(सूचीसहित)
भारतीय नक्साबारे देउवाको अभिव्यक्तिले निम्त्याएको बहस र प्रतिक्रिया
भारतीय नक्साबारे देउवाको अभिव्यक्तिले निम्त्याएको बहस र प्रतिक्रिया
महोत्तरी क्षेत्र नंं १ : प्रतिनिधिसभामा वामगठबन्धन र कांग्रेसबिच कडा प्रतिस्पर्धा
महोत्तरी क्षेत्र नंं १ : प्रतिनिधिसभामा वामगठबन्धन र कांग्रेसबिच कडा प्रतिस्पर्धा
संगठन विस्तारमा जुट्न अध्यक्ष थापाको आग्रह
संगठन विस्तारमा जुट्न अध्यक्ष थापाको आग्रह
युवती प्रयोग गरी व्यापारीको अपहरण : २२ दिनपछि शव फेला
युवती प्रयोग गरी व्यापारीको अपहरण : २२ दिनपछि शव फेला