जापान द्वारा अफगानीस्तानलाई ८१ लाख अमेरिकी डलर सहयाेग !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
३५ पटक हेरिएको
Shares
जापान द्वारा अफगानीस्तानलाई ८१ लाख अमेरिकी डलर सहयाेग !

सारांश

  • काबुल, ११ भदौ  ।
  • जापानले अफगानिस्तानलाई ८१ लाख अमेरिकी डलरको सहयोग गरेको छ ।
  • सो रकम अफगानिस्तानका आमा र उनीहरुका सन्तानको आधारभूत स्वास्थ्य सेवाको उपचारको सहयोगार्थ दिइएको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार जारी एक विज्ञप्तिमा जनाइएको छ ।

काबुल, ११ भदौ  । जापानले अफगानिस्तानलाई ८१ लाख अमेरिकी डलरको सहयोग गरेको छ । सो रकम अफगानिस्तानका आमा र उनीहरुका सन्तानको आधारभूत स्वास्थ्य सेवाको उपचारको सहयोगार्थ दिइएको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार जारी एक विज्ञप्तिमा जनाइएको छ । जापान सरकारले अफगनिस्तानमा मातृशिशु स्वास्थ्य कार्यक्रमको लागि युनिसेफमार्फत यो रकम उपलब्ध गराइएको हो । यस सहयोगबाट अफगान आमा र बालबालिकाको स्वास्थ्य, कुपोषण, शुद्ध पानी जस्ता विषयमा ठूलो सहयोग हुने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
जापानको यस सहायताबाट अफगानिस्तानका ३४ वटा प्रान्तमा आमा र शिशुको आधारभूत स्वास्थ्य सेवामा सहयोग पुग्नेछ । जापानले गरेको यो पछिल्लो सहयोगमा ५२ लाख आमा र शिशुलाई फाइदा हुने जानकारी दिइएको छ । युनिसेफका अनुसार, २१ लाख गर्भवती र ३१ लाख बालबालिकाले यस सहयोगबाट लाभ उठाउन सक्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशील : उपप्रधानमन्त्री पोखरेल
वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशील : उपप्रधानमन्त्री पोखरेल
ट्राफिक जाम हुँदा जहाज आकासमै घुमिरहँदा…
ट्राफिक जाम हुँदा जहाज आकासमै घुमिरहँदा…
रक्तचन्दनको कारोबार बन्द भयो त ? प्रशासन र प्रहरीको आ–आफ्नै तर्क
रक्तचन्दनको कारोबार बन्द भयो त ? प्रशासन र प्रहरीको आ–आफ्नै तर्क
ट्याक्टरबाट खसेर निधन
रास्वपाले सार्वजनिक गर्‍यो प्रारम्भिक उमेदवारको सूची, तनहुँमा स्वर्णिम, बारामा रमेश खरेल
रास्वपाले सार्वजनिक गर्‍यो प्रारम्भिक उमेदवारको सूची, तनहुँमा स्वर्णिम, बारामा रमेश खरेल
संसदमा मागियाे प्रधानमन्त्रीको राजीनामा
संसदमा मागियाे प्रधानमन्त्रीको राजीनामा
संविधान बनेको तीन वर्षपछि बल्ल कांग्रेस संघीय संरचनामा
नेकपा नेता बामदेव गौतमलाई पनि डेंगुको आशंका !
नेकपा नेता बामदेव गौतमलाई पनि डेंगुको आशंका !
छोराको कक्षामा भोजपुरीको अस्लिल गीत बजेकाे कारण अामाले गाउँ छाडेर  भागिन !
छोराको कक्षामा भोजपुरीको अस्लिल गीत बजेकाे कारण अामाले गाउँ छाडेर भागिन !
ट्रकको ठक्करबाट दुईको मृत्यु, अर्को ट्रक त्रिशुलीमा खस्यो
ट्रकको ठक्करबाट दुईको मृत्यु, अर्को ट्रक त्रिशुलीमा खस्यो