ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)

सारांश

  • काठमाडौं, १२ कार्तिक।
  •  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले केन्द्रीय बैठकहरुलाई सम्बोधन गर्ने भएका छन् ।
  • दुवै पार्टीका अध्यक्षले तल्लो कमिटीलाई जारी गरेको सातबुँदे निर्देशनमा एकअर्काका केन्द्रीय कमिटीलाई दुवै अध्यक्षसहित संयोजन समितिका सदस्यले सम्बोधन गर्ने उल्लेख छ।

काठमाडौं, १२ कार्तिक।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले केन्द्रीय बैठकहरुलाई सम्बोधन गर्ने भएका छन् । दुवै पार्टीका अध्यक्षले तल्लो कमिटीलाई जारी गरेको सातबुँदे निर्देशनमा एकअर्काका केन्द्रीय कमिटीलाई दुवै अध्यक्षसहित संयोजन समितिका सदस्यले सम्बोधन गर्ने उल्लेख छ।

‘केन्द्रीय संयोजक समितिका पदाधिकारी तथा सदस्य कमरेडले दुवै पार्टीका केन्द्रीय तहका बैठकमा उपस्थित भएर सम्बोधन गरिनेछ,’ निर्देशनमा भनिएको छ, ‘त्यसैगरी पार्टी एकता संयोजक समितिका प्रदेश तथा जिल्लास्तरका पदाधिकारी तथा सदस्य कमरेडले दुवै पार्टीका सम्बन्धित तहका बैठकमा सहभागी हुने र सम्बोधन गर्ने छन्।’

सो निर्देशनमा प्रदेश तथा जिल्ला तहसम्म पार्टी एकता संयोजन समिति गठन गर्ने उल्लेख । सहमतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने केन्द्रीय तहमा पार्टी एकता संयोजन समिति गठन गरिएको छ । समितिले आफ्नो काम सुचारु रुपले अघि बढाइरहेको छ,’ सात बुँदे निर्देशनमा उल्लेख छ, ‘आपसी परामर्शमा प्रदेश तथा जिल्ला तहमा पनि बढीमा सात सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरिने छ।’

केन्द्रमा ओली र दाहालका अतिरिक्त एमालेबाट वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल र माओवादीबाट नारायणकाजी श्रेष्ठ, रामबहादुर थापासहितको एकता संयोजक समिति बनाइएको छ।

निर्देशनमा पार्टी एकता र निर्वाचनको विषयमा निर्वाचन क्षेत्रस्तरमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भनिएको छ । ‘त्यस्ता भेलालाई सम्भव भएसम्म केन्द्रीयस्तरका नेताले सम्बोधन गर्ने,’ निर्देशनमा उल्लेख छ।

के छ साँत बुँदे निर्देशनमा

१ पार्टी एकताको सहमति पत्र यसै निर्देशनको साथ प्रेषित गरिएको छ । यसलाई पार्टीव्यापी तथा जनव्यापी रुपमा अध्ययन तथा छलफलको विषय बनाउने। यस सहमतिले आत्मसाथ गरेर राजनीतिक दिशाको महत्वलाई गभ्भीरताका साथ ग्रहण गर्ने ।

२. पार्टी एकताको उदेश्यका साथ कामय भएको यस सहमतिको पहिलो एव निर्णायक कदमका रुपमा आगामी २०७४ साल मंसिर १० गते र २१ गते सम्पन हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन र त्यसपश्चात सम्पन्न हुने राष्ट्रियसभाको निर्वाचनमा हामी दुई पार्टीहरु आपसी तालमेलका साथ सहभागी भएरहेका छौ । चुनावी तालमेलको यस निर्णयलाई उत्साह, इमान्दारिता एवं प्रभावकारीताका साथ कार्यान्वयन गर्ने ।

३. सहमतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने केन्द्रिय तहमा पार्टी एकता संयोजन समिति गठन गरिएको छ । नेकपा एमालेका अध्यक्ष क.  केपी शर्मा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क पुष्पकमल दाहाल प्रचण्ड प्रमुख नेताको भूमिकामा र अन्य वरिष्ठ नेताहरु सदस्य रहनु भएको यस समितिले आफ्नो काम सुचारु रुपले अगाडि बढाइरहेको छ। आपसी परामर्शमा प्रदेश तथा जिल्ला तहमा पनि बढीमा सात सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने ।

४. पार्टी एकताको महत्व एव आगामी निर्वाचनमा निर्वाह गर्नु पर्ने भूमिकाको बारेमा स्पष्ट पार्न, परस्परमा परिचित हुन र आपसी सम्बन्धलाई हार्दिक, मैत्रीपूर्ण र कमरेडली बनाउन जिल्ला तथा प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचन क्षेत्रस्तरमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने। यस्ता भेलाहरुलाई सम्भव भएसम्म दुवै पार्टीका केन्द्रीय तहका नेता कमरेडहरुले सम्बोधन गर्ने।

५. केन्द्रीय संयोजन समितिका पदाधिकारी तथा सदस्य कमरेडहरुद्वारा दुवै पार्टीको केन्द्रिय तहको बैठकहरुमा उपस्थित भएर सम्बोधन गरिनेछ। त्यसैगरी पार्टी एकता संयोजन समितिको प्रदेश तथा जिल्लास्तरका पदाधिकारी तथा सदस्य कमरेडहरु दुवै पार्टीका सम्बन्धित तहका बैठकहरुमा सहभागी हुने र सम्बोधन गर्ने।

६ पार्टी एकता र चुनावी तालमेलको महत्व र त्यसबाट नेपाली जनता तथा नेपाल राष्ट्रले प्राप्त गर्ने उपलब्धिका सम्बन्धमा स्पष्ट पार्न र प्रतिक्रियावादी कित्ताबाट फैलाइएको भ्रमलाई चिर्न जिल्लास्तरमा पत्रकार, लेखक तथा बुद्धिजिवीहरुको संयुक्त भेला आयोजना गर्ने।

७. दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि मनोनयनपत्र दर्ता भए लगत्तैपछि कार्तिक १९ देखि २६ गतेसम्म ताप्लेजुङ- दार्चुला अभियान सञ्चालन गरिनेछ। उत्त अभियानमा पार्टी एकता संयोजनसहितका प्रमुख नेताहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न नेताहरुको सहभागिता रहनेछ। कार्यक्रममको विस्तृत विवरण अविलम्ब जिल्ला जिल्लामा पठाइनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?