जापान–नेपाल सिधा उडान बारे छलफल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
जापान–नेपाल सिधा उडान बारे छलफल

सारांश

  • परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार जापानसँग सिधा हवाइ उडान शुरू गर्नेबारे जापानी अधिकारीसँग छलफल गरेका छन् ।
  • परराष्ट्र मन्त्रालय सिंहदरबारमा मंगलवार जापानको नारिता अन्तराष्ट्रिय विमानस्थलका उपाध्यक्ष कोजी ताकाहासीसँगको भेटमा मन्त्री ज्ञवालीले सिधा हवाइ उडानको प्राविधिक विषय छिटो टुंगाउन प्रस्ताव गरेका हुन् ।
  • सिधा हवाई उडानले २ देशका जनता बीच सम्बन्ध प्रगाढ बनाउन मद्दत मिल्ने मन्त्री ज्ञवालीले बताए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार जापानसँग सिधा हवाइ उडान शुरू गर्नेबारे जापानी अधिकारीसँग छलफल गरेका छन् । परराष्ट्र मन्त्रालय सिंहदरबारमा मंगलवार जापानको नारिता अन्तराष्ट्रिय विमानस्थलका उपाध्यक्ष कोजी ताकाहासीसँगको भेटमा मन्त्री ज्ञवालीले सिधा हवाइ उडानको प्राविधिक विषय छिटो टुंगाउन प्रस्ताव गरेका हुन् ।

सिधा हवाई उडानले २ देशका जनता बीच सम्बन्ध प्रगाढ बनाउन मद्दत मिल्ने मन्त्री ज्ञवालीले बताए । जवाफमा उपाध्यक्ष कोजीले ७ घण्टाको दूरीलाई सिधा उडानमार्फत सम्पर्क विस्तारका लागि छिटो टुंगोमा पुर्याउने प्रतिबद्धता जनाएका थिए ।

नेपालबाट जापान जाँदा सिधा उडान नभएकाले तेस्रो देशलाई ट्रान्जिटको रुपमा प्रयोग गरेर जापान जानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?