कस्तो रह्याे समग्रमा नेपालकाे अभ्यास ?
सारांश
- काठमाडौँ, ११ साउन ।
- नेपाली राष्ट्रिय क्रिकेट टोलि केही दिनयता नेदरल्याण्ड र एमसिसि (मेरिलबन क्रिकेट क्लब)विरुद्ध त्रिकोणात्मक टि ट्वान्टि शृङ्खलाको लागि इंल्याण्डमा रहेको छ ।
- नेपालले अभ्यासका रुपमा स्थानीय क्लबसँग चार खेल खेलेको थियो ।
काठमाडौँ, ११ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलि केही दिनयता नेदरल्याण्ड र एमसिसि (मेरिलबन क्रिकेट क्लब)विरुद्ध त्रिकोणात्मक टि ट्वान्टि शृङ्खलाको लागि इंल्याण्डमा रहेको छ । नेपालले अभ्यासका रुपमा स्थानीय क्लबसँग चार खेल खेलेको थियो । जसमध्ये तिन खेलमा जित र एकमा हार व्यहोरेको थियो ।

नेपालका सम्पुर्ण अभ्यास खेल सकिएका छन् र आईतबार एमसिसि र नेदरल्याण्डसँग त्रिकोणात्मक शृङ्खला खेल्नेछ । समग्रमा सन्तुलित देखिएको नेपाली टोलिको ओपनिङ जोडिकाे समस्या भने अझै सुल्झिएकाे छैन । दोस्रो अभ्यास खेललाई बिर्सने हो भने अन्य खेलमा नेपाली बलिङ र ब्याटिङ दुवै उत्कृष्ट रहे । पहिलो अभ्यास खेलमा कप्तान पारस खड्काको उत्कृष्ट ब्याटिङका कारण नेपालले ह्याम्पसायर हग्सलाई २४३ रनले हराएको थियो । पारसले उक्त खेलमा १६१ रनको लामो पारी खेले । जुन विपक्षि टोलिको जम्मा रन भन्दा ४२ रनले बढी थियो । सोही खेलमा बलर ललित राजवंशीले पनि उत्कृष्ट प्रदर्शन गर्दै एक्लैले ५ विकेट लिए ।

त्यस्तै तेस्रो खेलमा युवा खेलाडी अनिलकुमार शाहकाे सतकिय पारी र सरद भेषावाकरले ९८ रन बनाउँदा नेपाल २२३ रनले विजयी भयो उक्त खेलमा पनि बलर ब्याट्सम्यान दुवै उत्कृष्ट लयमा देखिए। चौथो अथवा अन्तिम खेलमा पनि नेपालले ठूलो रन अन्तरले जित हात पा¥यो । २० ओभरको उक्त खेलमा तिन जना खेलाडीले अर्धसतकिय पारी खेलेका थिए । पारस, ज्ञानेन्द्र र दिपेन्द्रले अर्धसतकिय पारी खेल्दा नेपाले २५१ रनको विशाल योगफल तयार पा¥यो । जुन २० ओभरको खेलमा निकै ठूलो मानिने गर्छ ।

नेपालले हार व्यहोर्नु परेको सेन्ट क्रस क्रिकेट क्लबसँगको खेलमा अन्य ब्याट्सम्यान नचले पनि अनिलले अर्धसतकिय पारी खेले ।
दुई ५० ओभर र दुई २० ओभरका गरेर ४ खेलमा नेपाली ब्याट्म्यानका ब्याटबाट दुई सतकिय र पाँच अर्धसतकिय रन बने । साथै ज्ञानेन्द्र र सरद जो आफ्नो फर्मको लागि संघर्ष गरिरहेका थिए उनीहरुले पनि लयमा फर्केको संकेत गरे ।
ओपनिङ ब्याट्सम्यानको समस्या पूर्ण रुपमा निराकरण हुन नसके पनि यी अभ्यास खेल नेपालका लागि फलदायी रहे । ब्याटिङ्मा पनि धेरै हदसम्म सुधार भएको देखियो । तर प्रतियोगितामा कस्तो खेल्नेछन् त्यो हेर्नै बाँकि छ । कप्तान पारस खड्का भने नेदरल्याण्डलाई हराएराएर दोस्रो प्रहरको अन्तर्राष्ट्रि टि–ट्वान्टी र ऐतिहासिक एकदिवसिय यात्रको सुखद सुरुवात गर्ने दाउमा छन् ।
नेपालले उक्त त्रिकोणात्मक शृङ्खला पश्चात ऐतिहासिक एकदिवसिय शृङ्खलाका लागि नेदरल्याण्ड प्रस्थान गर्दैछ ।
प्रतिक्रिया