जिग्री र रक्षाले फेसबुकमार्फत विवाह बन्धनमा बाँधिएको फोटो गरे सार्वजनिक !

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १०, २०७४
|
|
१८ पटक हेरिएको
Shares
जिग्री र रक्षाले फेसबुकमार्फत विवाह बन्धनमा बाँधिएको फोटो गरे सार्वजनिक !

सारांश

  • काठमाडौं, १० माघ ।
  • हाँस्य टेलिसिरियल भद्रगोलका कुमार कट्टेल जिग्री र रक्षा श्रेष्ठ विवाह बन्धन बाँधिएका छन् ।
  • सुरुवाती चरणदेखि सिरियलमा उनीहरु प्रेमी-प्रेमीका हुन् ।

काठमाडौं, १० माघ । हाँस्य टेलिसिरियल भद्रगोलका कुमार कट्टेल जिग्री र रक्षा श्रेष्ठ विवाह बन्धन बाँधिएका छन् । सुरुवाती चरणदेखि सिरियलमा उनीहरु प्रेमी-प्रेमीका हुन् ।

तर उनीहरुको विवाह ‘रियल लाइफ’मा नभएर ‘रिल लाइफ’मा हो । सिरियलमा कथाले मागेअनुसार उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् ।

उक्त सिरियलको लागि खिचिएको फोटो केही समयअघि जिग्री आफैँले फेसबुकमा पोष्ट गरेका थिए भने  रक्षाले पनि फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् ।

जिग्रीले गत जनवरी २० मा फेसबुकमा अरु बिहे सम्पन्न भएको खुसीयालीमा फेसबुकमा फोटो राख्छन्, आफू चै विहे सम्पन्न हुन नसकेको दुखियालीमा फोटो राख्नुपरेको छ, यस्तै छ भद्रगोल सिरियल !! भन्दै पोष्ट गरेका थिए ।

जिग्रीले पोष्ट गरेको चार दिनपछि रक्षाले फेसबुकमा ‘Jigri jhatte N Rakshya maichang. During our shooting.  bhadragol’ भन्दै पोष्ट गरेकी छिन् । रक्षाले पोष्ट गरेको फोटोमा जिग्रीले कमेन्ट समेत गरेका छन् ।

जिग्रीले ‘काकु नआउन्जेलसम्म त सँगै बस है मैच्याङ’ भन्दै कमेन्ट गरेका हुन् । जिग्रीको कमेन्टमा रक्षाले ‘हस जट्टे’ भन्दै प्रतिक्रिया दिएकी छिन् ।

जिग्रीले पोष्ट गरेको फोटोमा रिलमा मात्र नभएर रियल लाइफमा देख्न पाउँ भन्दै कमेन्ट गरेका थिए । त्यस्तै रक्षाले पोष्ट गरेको फोटोमा पनि कतिपयले रिलमा मात्रै नभइ रियल लाइफमा पनि देख्न पाउँ भन्ने प्रतिक्रिया दिएका छन् ।

उनीहरु दुवै जनाले राखेको फोटोमा फेसबुकका प्रायः साथीहरुले राम्रो जोडी भन्दै प्रतिक्रिया दिएका छन् । तर वास्तविक जीवनमा भने रक्षा विवाहित हुन भने जिग्री अविवाहित हुन् ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Keshari Chhetri

    Congratulations both of you

    Comment Author

    Bikal Karki

    sakigo ni ta

    Comment Author

    Om Magar

    163 vag vadragolma

    Comment Author

    Bashu Dev Nath

    Nice

    Comment Author

    Urmi Saiju

    दाइ भाउजूको जस्तो सफल वैबाहिक जिबनको शुभकामना छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?