मूल्य पाउन थाल्यो अण्डाले

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ५, २०८०
|
|
४२ पटक हेरिएको
Shares
मूल्य पाउन थाल्यो अण्डाले

सारांश

  • चितवन ।
  • अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि सङ्गठित भए ।
  • देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे ।

चितवन । अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि सङ्गठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे । उनीहरूले नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेर देशव्यापीरूपमा बजारीकरणमा जुटेका थिए । यतिबेला अण्डाको मूल्य प्रतिक्रेट (३० वटाको) रु दुई सय ४० हाराहारीमा झरेको थियो ।

विसं २०७९ असोज २९ गते पहिलो भेला भएर सङ्गठन गरेका उनीहरूले बितेका छ महिनामा देशका अधिकांश जिल्लामा पुगेर त्यहाँका किसान र व्यवसायीसँग छलफल र बजारीकरणमा जुटे । अहिले प्रतिक्रेट ठूलो अण्डाको मूल्य रु तीन सय ७० पुगेको छ । सङ्घका अध्यक्ष विनोद पोखरेले यस बीचमा झन्डै ७२ जिल्ला आफूहरू पुगेर बजारीकरणमा काम गरेको जानकारी दिए। उनले भने, “तीन–चारवटा जिल्लाबाहेक सबै जिल्लामा हामी एकपटक पुग्यौँ । कति मुख्य बजारमा धेरैपटक पुगेर छलफल ग¥यौँ ।”

व्यवसायीले अवैध भित्रने कुखुराजन्य पदार्थ रोक्न सम्बन्धित निकायसँग अनुरोधसमेत गर्दैै आएका छन् । व्यवसायीलाई मूल्यमा एकरुपता कायम गर्न उनीहरूले आग्रह गरेका छन् । किसानका अरु समस्या समाधानका लागि पहल गर्दै आएका छन् ।

“पोल्ट्री व्यवसाय बचाउनका लागि अन्तिमपटकको हाम्रो यो प्रयास सफलतातिर गएको छ”, अध्यक्ष पोखरेलले भने। किसानकोमा झन्डै आधा कुखुरा घटेको जनाउँदै उनले लागत मूल्य अझै पाउन नसकेको गुनासो गरे । देशभर ३० हजारभन्दा बढी कुखुरा पाल्ने ५० व्यवसायी यो सङ्घमा आबद्ध छन् । अझै १५ जना जति सङ्घमा आवद्ध नभएका बताइएको छ ।

नेपालको पोल्ट्री क्षेत्रमा परिचय कमाउनुभएका गुणचन्द्र विष्टलाई संरक्षक बनाएर आफूहरू देशव्यापी अभियानमा जुटेको अध्यक्ष पोखरेलको भनाइ छ । व्यवसायी सुरेश वैद्य, त्रिलोचन कँडेल र शिभाजी साह पनि अभियानमा जुटेका छन् ।

व्यवसायीको बीचमा सहमति, सहकार्य र एकता कायम गर्दै उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन सक्रिय भएको उनको भनाइ छ । सङ्घका महासचिव शोभाकान्त ढकालका अनुसार १० वर्ष पहिले एक क्रेट (३० वटा) अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । उनले भने, “पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो रु ६५ पर्दा अण्डाको मूल्य उस्तै छ ।”

निजी क्षेत्रको सक्रियताले खपत बढेपछि अहिले अण्डाको मूल्य प्रतिक्रेट रु तीन सय ७० पुगेको छ । ढकालको भनाइमा अहिलेको लागतमूल्य प्रतिक्रेट रु चार सय ५० हाराहारी छ । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने उत्पादक र सप्लायर्सबीचमा साझेदारी कायम गर्दै बजारलाई व्यवस्थित गर्न लागिपरेको बताए । सरकारले समयमा सम्बोधन नगरेमा व्यवसाय समाप्त हुने उनको भनाइ छ ।

औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उनले बताए । एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु चार सय पाँच पुगेर एकोहोरो ओरालो लागेको हो । त्यतिबेला खुद्र मूल्य प्रतिगोटा रु १६ थियो । लागत मूल्यसम्म पाउन सके किसान बच्न सक्ने उनले बताए । हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुन्छ । अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन् ।

सरकारले मूल्य निर्धारण, गुणस्तर नियमन, रोगको नियन्त्रण, क्षतिपूर्तिको प्रत्याभूति, बोर्ड गठन गर्नुपर्ने व्यवसायीको माग छ । अहिलेसम्म कुखुराको दानाको अनुमतिपत्र र नियमित खाद्यमार्फत हुँदै आएको छ । सङ्घका सचिव मदन पोखरेल भारतीय क्षेत्रबाट अवैधरूपमा भित्रिने अण्डा नियन्त्रण गर्नुपर्ने बताए । बैंकको ऋणको ब्याजदर घटाउनुपर्ने र राज्यले समयमै सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, “सरकारले हेरेन भने यो व्यवसाय धरासायी भएर जाने अवस्थामा पुगेको छ ।”

आधाभन्दा बढी व्यवसायी पलायन भइसकेको जनाउँदै उनले उत्पादन घट्दै गएको बताए । उत्पादन घट्दासमेत खपत अझै बढ्न नसकेको भन्दै उनले निजी क्षेत्रको प्रयासले मात्रै नपुग्ने भएकाले सरकारले सम्बोध गर्नुपर्ने बताए । व्यवसायीहरू आफ्नो व्यवसाय छाडेर सामूहिक बजारीकरणका लागि जुटेको उनको भनाइ छ । राष्ट्र बैंकको मौद्रिक नीतिका कारण व्यवसायीहरू थप मर्कामा परेको गुनासो गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकन आइडलः हलिउडमा गुञ्जिए दिवेश पोखरेल, तीनैजना जजले भने – ‘वान्स मोर…’
अमेरिकन आइडलः हलिउडमा गुञ्जिए दिवेश पोखरेल, तीनैजना जजले भने – ‘वान्स मोर…’
राष्ट्रियसभामा सांसदको प्रश्नः दलित समुदायमाथि अझै विभेद किन ?
राष्ट्रियसभामा सांसदको प्रश्नः दलित समुदायमाथि अझै विभेद किन ?
एमसीसीमा जबरजस्ती गरेको अप्ठ्यारो स्थिति बन्न सक्छः प्रचण्ड
एमसीसीमा जबरजस्ती गरेको अप्ठ्यारो स्थिति बन्न सक्छः प्रचण्ड
ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)
ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)
चेङ्गिज खाँका डेढ करोड दरसन्तान संसारभर
चेङ्गिज खाँका डेढ करोड दरसन्तान संसारभर
विप्लवविरुद्ध वर्षमान, ठीक पार्ने चेतावनी
विप्लवविरुद्ध वर्षमान, ठीक पार्ने चेतावनी
पुनर्निर्माण प्राधिकरणबाट हटाइएका ज्ञवाली सर्बोच्चमा
पुनर्निर्माण प्राधिकरणबाट हटाइएका ज्ञवाली सर्बोच्चमा
दिन दुखिकाे सहयोग गर्नु नै भगवान पुज्नु सरह हो: युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष लामा
दिन दुखिकाे सहयोग गर्नु नै भगवान पुज्नु सरह हो: युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष लामा
चुनाव सार्ने राजपाको प्रस्ताव : कांग्रेस, एमालेको यस्तो जवाफ
चुनाव सार्ने राजपाको प्रस्ताव : कांग्रेस, एमालेको यस्तो जवाफ
राष्ट्रियसभा अध्यक्ष र पाकिस्तानी राजदूतबीच शिष्टचार भेटघाट
राष्ट्रियसभा अध्यक्ष र पाकिस्तानी राजदूतबीच शिष्टचार भेटघाट