एसिड आक्रमणमा परेकी सम्झनाको अस्पतालमै मृत्यु
सारांश
- काठमाडौं ।
- एसिड आक्रमणमा परेर गम्भीर घाइते भएकी सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ ।
- रौतहट चन्द्रनिगाहपुर–६ की १८ वर्षीया सम्झना दासको उपचारको क्रममा मृत्यु भएको हो।
काठमाडौं । एसिड आक्रमणमा परेर गम्भीर घाइते भएकी सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ । रौतहट चन्द्रनिगाहपुर–६ की १८ वर्षीया सम्झना दासको उपचारको क्रममा मृत्यु भएको हो।
दासको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आइतबार राति पौने १२ बजेतिर मृत्यु भएको उपचारमा संलग्न डाक्टर सुरेन्द्र बस्नेतले जानकारी गराएका छन् ।
आफ्नै घरमा सुतिरहेको बेला भदौ २९ गते राति चन्द्रपुर नगरपालिका-६ बजारटोलका दास दिदी बहिनीमाथि एसिड छ्यापेका थिए । एकोहोरो प्रेम गर्ने रामबाबुले आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरेको रिसमा तेजाब आक्रमण गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उनीहरुमाथि एसिड प्रहार गरेको आरोपमा छिमेकी रामाबाबु पासवानलाई प्रहरीले पक्राउ गरिसकेको छ। एसिडबाट गम्भीर घाइते भएपछि दुवै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। एसिड आक्रमणबाट घाइते भएकी १५ वर्षीया सुस्मिता दासको अवस्था भने सामान्य रहेको उनले बताए।
उपचारको क्रममा किटाणुको संक्रमण बढ्दै गएको र किटाणुको असर अन्य अंगमा पनि बढ्दै गएकाले उनको मृत्यु भएको चिकित्सकले बताएका छन्।
प्रतिक्रिया