जिम्मेवारी हेरफेरबाट अपमान भएको छैन : उपप्रधानमन्त्री यादव

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ११, २०७६
|
|
४९ पटक हेरिएको
Shares
जिम्मेवारी हेरफेरबाट अपमान भएको छैन : उपप्रधानमन्त्री  यादव

सारांश

  • उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेर अपमानको विषय नभएको स्पष्ट गर्नुभएको छ ।
  • जनकपुरधाममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री यादवले जिम्मेवारी हेरफेर सामान्य प्रक्रिया भएको बताउनुभयो ।
  • उहाँले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेरका सन्दर्भमा चर्चामा रहेको प्रसङ्ग भ्रामक भएको टिप्पणी गर्नुभयो ।

उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेर अपमानको विषय नभएको स्पष्ट गर्नुभएको छ ।

जनकपुरधाममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री यादवले जिम्मेवारी हेरफेर सामान्य प्रक्रिया भएको बताउनुभयो । उहाँले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेरका सन्दर्भमा चर्चामा रहेको प्रसङ्ग भ्रामक भएको टिप्पणी गर्नुभयो । एक प्र्रश्नको जवाफमा उपप्रधानमन्त्री यादवले आफूसँग गौर हत्या काण्डको प्रसङ्ग उल्लेख गरी मधेशलाई दबाउने मनसाय राख्नु गलत मानसिकता हो भन्नुभयो ।

संविधानलाई गतिशील बनाउन संशोधन आवश्यक रहेको चर्चा गर्दै उहाँले संविधान अपूर्ण रहेकाले संशोधन हुनै पर्छ भन्नुभयो । समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री यादवले राष्ट्रिय जनता पार्टीले एकीकरणका लागि समाजवादी पार्टीको सरकारमा सहभागितालाई बाधक मान्न नहुने बताउनुभयो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?