नेविसंघका दुई समूहबीच झडप

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २३, २०७९
|
|
२९ पटक हेरिएको
Shares
नेविसंघका दुई समूहबीच झडप

सारांश

  • काठमाडौं ।
  • मीनभवन क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई समूहबीच ढुङ्गा मुढा प्रहार भएको छ ।
  • प्रहरी स्रोतका अनुसार संस्थापन र इतर पक्षका दुई समूहबीच झडप भएको र त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

काठमाडौं । मीनभवन क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई समूहबीच ढुङ्गा मुढा प्रहार भएको छ ।

प्रहरी स्रोतका अनुसार संस्थापन र इतर पक्षका दुई समूहबीच झडप भएको र त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

दुई समूहबीच ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाइएको जिल्ला प्रहरी परिसर काठमाडौंको स्रोतले जानकारी दिएको छ । ,‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’स्रोतले भन्यो ।

शेखर–गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । शेखर–पक्षका विद्यार्थी नेता धर्मराज शाहीले उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?