ट्रम्पकै भूमिमा ट्रम्पलाई टक्कर!
सारांश
- अमेरिका, १३ वैशाख।
- फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले अमेरिकाका दुइटै सदनमा गरेको सम्बोधनमा आफ्ना समकक्षी डोनल्ड ट्रम्पका केही नीतिहरूलाई चुनौती दिएका छन्।
- विशेषगरी राष्ट्रवाद र पहिला अमेरिका भन्ने ट्रम्पका नीतिहरूप्रति सांकेतिक रूपमा उनले असन्तुष्टि व्यक्त गरे।
अमेरिका, १३ वैशाख। फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले अमेरिकाका दुइटै सदनमा गरेको सम्बोधनमा आफ्ना समकक्षी डोनल्ड ट्रम्पका केही नीतिहरूलाई चुनौती दिएका छन्।
विशेषगरी राष्ट्रवाद र पहिला अमेरिका भन्ने ट्रम्पका नीतिहरूप्रति सांकेतिक रूपमा उनले असन्तुष्टि व्यक्त गरे।
राष्ट्रपति माक्रोँले विश्वका अन्य नेताहरूलाई डोनल्ड ट्रम्पलाई कसरी सामना गर्ने भन्ने शिक्षा उत्कृष्ट शैलीमा दिएका छन् । एकदमै नजिक हुने, आवश्यक पर्दा ठट्टा गर्ने तर आफ्ना अडानहरू सशक्त ढङ्गले राख्ने नेताका रूपमा उनले आफूलाई उभ्याएका छन्।
एकदमै चलाखीपूर्ण रूपमा तयार गरिएको सम्बोधनमा उनले आफू र अमेरिकी राष्ट्रपतिबीचको निकटता कतिपयका लागि एकदमै हार्दिकतापूर्ण रहेको उल्लेख गरे।
उनले फ्रान्स र अमेरिकाबीच रहेको एकदमै विशेष सम्बन्धको चर्चा गरेका थिए। तर त्यसपछि उनले ट्रम्पका नीतिहरूको आलोचना गरे। उनले खुल्ला व्यापार, विज्ञानको महत्त्व र समानताको कुरा गरे र ट्रम्पको पहिला अमेरिका भन्ने नीतिबारे पनि बोले।
प्रतिक्रिया