लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०८०
|
|
२१ पटक हेरिएको
Shares
लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए

सारांश

  • दाङ।
  • सरकार गठन भएको ८ महिना पछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले २ मन्त्री थपेका छन्।
  • गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका डिल्लीबहादुर चौधरीकोले गठबन्धनका दलहरुबिच मन्त्रालय भागबण्डामा देखिएको किचलोका कारण सरकारले पूर्णता पाउन सकेको थिएन।

दाङ। सरकार गठन भएको ८ महिना पछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले २ मन्त्री थपेका छन्। गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका डिल्लीबहादुर चौधरीकोले गठबन्धनका दलहरुबिच मन्त्रालय भागबण्डामा देखिएको किचलोका कारण सरकारले पूर्णता पाउन सकेको थिएन।

मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र प्युठानका सरोज थापालाई मन्त्री बनाएका हुन्। नवनियुक्त मन्त्रीहरुको सपथ आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए। मुख्यमन्त्रीले नव नियुक्त मन्त्रीहरुकाे नाम प्रदेश प्रमुखकाे कार्यालयाा पठाएको र आज सपथ राखिएको छ।

कृष्णा केसीलाइ खानेपानी ग्रामिण तथा सहरी विकास मन्त्रालय र सरोज थापालाई वन तथा वातावरण वा उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मध्ये एक दिने तयारी भएको पनि प्रवक्ता पाण्डेले जनाए।

दुइ मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन। बाँकी एक मन्त्रालय मुख्यमन्त्री आफैंले राख्ने बताएका छन्। नेपाली काग्रेस संस्थापन पक्षले मन्त्री नियुक्तीमा एकलौटी गरेको भन्दै काग्रेसमा बिवाद चुलिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?