राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितको सम्मान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ७, २०७९
|
|
२७ पटक हेरिएको
Shares
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितको सम्मान

सारांश

  • नवलपरासी ।
  • आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा शानदार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गराउन सफल नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट–१४ बुद्धबस्ती निवासी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले आज सम्मान गरेको छ ।
  • पौडेललाई गृह जिल्लामा स्वागतसहित एक कार्यक्रम आयोजना गरी हौसलास्वरूप रु ५१ हजार र प्रमाणपत्रसहित नगरपालिकाले सम्मान गरेको हो ।

नवलपरासी । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा शानदार नतिजा निकाल्दै विश्वकप छनोटमा प्रवेश गराउन सफल नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाट–१४ बुद्धबस्ती निवासी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले आज सम्मान गरेको छ ।

पौडेललाई गृह जिल्लामा स्वागतसहित एक कार्यक्रम आयोजना गरी हौसलास्वरूप रु ५१ हजार र प्रमाणपत्रसहित नगरपालिकाले सम्मान गरेको हो । नगरपालिकाले उच्च प्रदर्शन गर्दै विश्वकप क्वालिफायरमा छनोट भई सिङ्गो राष्ट्रसहित बर्दघाट नगरपालिकालाई गौरवान्वित बनाउन सफल भएकामा बर्दघाट–१४ निवासी पौडेललाईसम्मान गरेको हो ।

कार्यक्रममा कप्तान पौडेलले आगामी दिनमा समेत उत्कृष्ट खेल प्रदर्शन गरी नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन अहोरात्र खटिने बताए । मातृभूमिमा आफूलाई गरिएको सम्मानले थप ऊर्जा मिलेको उनले बताए ।

गृह जिल्ला आइपुगेका पौडेललाई पश्चिम नवलपरासीमा रहेका विभिन्न सङ्घ÷संस्था र स्थानीय तहले स्वागतसहित सम्मान गरेका छन् । नगरपालिका, जेसिज, खेलकुद विकास समिति, लायन्स क्लबलगायतका संस्थाले विभिन्न कार्यक्रम गरी सम्मान गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?