मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ४, २०७६
|
|
२२ पटक हेरिएको
Shares
मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध

सारांश

  • त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले एमविविएसको अध्ययनका लागि चितवन मेडिकल कलेज एण्ड साइन्सेज, भरतपुरलाई सरकारले तोकेकोभन्दा बढी लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ ।
  • त्रिविले विज्ञप्ति जारी गर्दै एमविविएस अध्ययनका लागि कलेजलाई २०७५ असोज २८ गते मन्त्रिपरिषद्ले तोकेको शुल्क लिन अनुरोध गरिएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो ।
  • “कलेजले विद्यार्थी भर्ना गर्दा बढी शुल्क लिएको भनि विद्यार्थीले कलेजको पठनपाठन र अस्पतालको सेवासमेत ठप्प परेकाप्रति विश्वविद्यालयको ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले एमविविएसको अध्ययनका लागि चितवन मेडिकल कलेज एण्ड साइन्सेज, भरतपुरलाई सरकारले तोकेकोभन्दा बढी लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ ।त्रिविले विज्ञप्ति जारी गर्दै एमविविएस अध्ययनका लागि कलेजलाई २०७५ असोज २८ गते मन्त्रिपरिषद्ले तोकेको शुल्क लिन अनुरोध गरिएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो । “कलेजले विद्यार्थी भर्ना गर्दा बढी शुल्क लिएको भनि विद्यार्थीले कलेजको पठनपाठन र अस्पतालको सेवासमेत ठप्प परेकाप्रति विश्वविद्यालयको ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिन नपाइने कुरा मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भएको अवस्थामा विद्यार्थीले राखेका मागका बारेमा कलेज सञ्चालक र सम्बन्धित पक्षले विद्यार्थीसँग वार्ता तथा संवाद गरी शुल्क बढी लिएको भए सो शुल्क फिर्ता गर्न विज्ञप्तिमा भनिएको छ ।त्रिविले आन्दोलनबाट समस्याको समाधान नहुने हुँदा कलेजमा अध्ययरत विद्यार्थीलाई कलेजले आह्वान गरेको वार्ता र संवादमा सहभागी हुन आग्रह गरेको छ । त्रिविले विद्यार्थीको पठनपाठन र जनताको स्वास्थ्योपचार प्राप्त गर्ने अस्पताल जस्तो अति संवेदनशील स्थानमा बाधा अवरोध सिर्जना गर्ने गराउन कार्य नगर्नसमेत सम्बन्धित सबै पक्षसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियस्तरका नेताका रोचक चुनावी प्रतिस्पर्धा यस्तो छ !
राष्ट्रियस्तरका नेताका रोचक चुनावी प्रतिस्पर्धा यस्तो छ !
ईयूको प्रतिवेदनप्रति रवीन्द्र मिश्रको कडा टिप्पणी, ‘पश्चिमा राष्ट्र विष चुहाउँदै हिँडेका छन्’
ईयूको प्रतिवेदनप्रति रवीन्द्र मिश्रको कडा टिप्पणी, ‘पश्चिमा राष्ट्र विष चुहाउँदै हिँडेका छन्’
प्रभु साह र रघुविर महासेठ लगायतलाई कारवाही गर्न माग
प्रभु साह र रघुविर महासेठ लगायतलाई कारवाही गर्न माग
रविमाथिको अनुसन्धान प्रभावित गर्नेगरी प्रचण्ड बोल्नु दुर्भाग्यपूर्ण : गृहमन्त्री
रविमाथिको अनुसन्धान प्रभावित गर्नेगरी प्रचण्ड बोल्नु दुर्भाग्यपूर्ण : गृहमन्त्री
नवरात्रको पहिलो दिन आज शैलपुत्रीको उपासना गरिँदै
नवरात्रको पहिलो दिन आज शैलपुत्रीको उपासना गरिँदै
देउवाले चीनको प्रशंसा गरेपछि दिल्लीमा भुँइचालो !
देउवाले चीनको प्रशंसा गरेपछि दिल्लीमा भुँइचालो !
अजय देवगनका पिता तथा चर्चित द्वन्द्व निर्देशक वीरु देवगनको निधन
अजय देवगनका पिता तथा चर्चित द्वन्द्व निर्देशक वीरु देवगनको निधन
३३ किलो सुन काण्डः थप दुई न्यायाधीश तानिए
३३ किलो सुन काण्डः थप दुई न्यायाधीश तानिए
सहकारी पीडितको समस्या समाधान गर्न माग
सहकारी पीडितको समस्या समाधान गर्न माग
सरकारी जागिरे महासय २ बर्ष नहुँदै यसरी पाे भएछन मालामाल !
सरकारी जागिरे महासय २ बर्ष नहुँदै यसरी पाे भएछन मालामाल !

तपाईंले छुटाउनुभयो कि?