जीवनरक्षाको भिक्षा माग्दै बहिर्गमित जनसेनाको परिवार, नेताहरु बेखबर !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
|
३० पटक हेरिएको
Shares
जीवनरक्षाको भिक्षा माग्दै बहिर्गमित जनसेनाको परिवार, नेताहरु बेखबर !

सारांश

  • – उमेश बन्जाडे नेपाली जनयुद्धको आधार भुमी रोल्पाले थुप्रै नेता र मन्त्रीहरु जन्माईसक्यो।
  • वर्तमान अवस्थामा पनि उपराष्ट्रपति देखि प्रतिनिधि सभाको सभामुख हुँदै उर्जा मन्त्रालयसम्म रोल्पाकै नेतृत्व कायम छ।
  • त्यही भिषँण जनयुद्धमा समावेश रोल्पाकै एक युवक पैसाको अभावमा विगत तेईस महिना देखि साउदी अरबको जेलमा कैदछन।

– उमेश बन्जाडे

नेपाली जनयुद्धको आधार भुमी रोल्पाले थुप्रै नेता र मन्त्रीहरु जन्माईसक्यो। वर्तमान अवस्थामा पनि उपराष्ट्रपति देखि प्रतिनिधि सभाको सभामुख हुँदै उर्जा मन्त्रालयसम्म रोल्पाकै नेतृत्व कायम छ। त्यही भिषँण जनयुद्धमा समावेश रोल्पाकै एक युवक पैसाको अभावमा विगत तेईस महिना देखि साउदी अरबको जेलमा कैदछन। तरपनी उनको रिहाईका लागि सहयोग गरिदिन पटकपटक आग्रह गर्दा समेत कुनै रोल्पाली नेता एवं मन्त्रीहरुले वास्ता नगरकोमा परिवार दुखित बनेकाछन्।

उही मान्छेले लडेर ल्याएको व्यवस्था योग्य भयो, उसैले पहरा दिएर जोगाएका नेताहरु योग्य बने, आज सभासद र मन्त्रीसम्म पड्काएकाछन्। सानसँगै अग्ला महलहरुमा विराजमान भएकाछन् । तर विडम्बना! उ स्वयंलाई अयोग्यको उपमा थमाईयो र , उ भित्रको देश प्रेमलाई निस्तेज पारियो। अनि त त्यस बिचरा निम्न वर्गीय युवकको पैतालाहरुले खाँडि टेक्ने निधोगरे। रोजिरोटि एवं जीवन निर्वाहको उपाय मरुभूमिको तातो बालुवा बन्नपुग्यो। परन्तु परिणाम भने ‘हुनेलाई मचामच, नहुनेलाई पुर्पुरोमा हात’ भनेझैँ भइदियो। त्यै मरुभूमिको तातो बालुवा पनि अभिषाप बनेर उभिदियो।

युद्धकालमा योग्य भएका उनी माओवादी शान्ति प्रक्रियामा आएपछि एकाएक सेनामा अयोग्य ठर्‍याईए र घर फर्किए। हाल साउदिको अदालतले गरेको फैसला बमोजिम आर्थिक जुटाउन नसक्दा विगत ‘तेईस महिनादेखी’ उनी साउदी अरबको जेलमाछन्। राेल्पा नगरपालिका दस साविकको ‘धवाङ पाँच पेवा’ बस्ने तीस वर्षिय दिल बहादुर घर्ती, परिवारको न्यून आर्थिक अबस्थाकै कारण रोजगारीको शिलशिलामा तिन बर्ष पहिले ‘डिस्टनी ओभरसिज प्रा.लि. सामाखुसी बाट वैदेशिक रोजगारिको लागि साउदी पुगेका थिए । उनी माओवादी शान्ति प्रक्रियामा आएपछि जनमुक्ति सेना बाट ‘अयोग्य भनेर’ घर फर्काइएका व्यक्ति समेत हुन् भने उनकी श्रीमतिका दाजु जनयुद्धकै क्रममा शहिद भएका भएका थिए।

साउदि अरबको रियाद स्थित (Majid Al Diabahi Contraction & Est.Riyad) कम्पनीमा नेपालबाट स्काभेटर चालकको भिजामा गएपनि कम्पनीले उनलाई मालबाहक ट्रक थम्याइ दियो र उनि त्यही ट्रक चलाउन बाध्य भए। कामकै सिलसिलामा रियादको दोआद्मी भन्ने ठाउँमा कार्यरत रहँदा सवारी चलाउने क्रममै साउदी नागरिकसँग गाडी ठोक्किन पुग्यो, र निज साउदी नागरिकको ज्यान गयो। उनी २०७३ जेठ ३० गते जेल चलान भएका थिए। साउदिको उच्च अदालतले उनलाई दुई लाख पच्चीस हजार रियल मृतक परिवारलाई क्षतिपुर्ती दिनुपर्ने फैसला गरेको थियो। निर्णय प्रती दिलबहादुरको पक्षमा नेपाली दूतावासले अदालतमा पुनराबेदन गरेको थियो ।पीडित परिवारलाई मिनाहाको लागि पटक पटक आग्रह गर्दा पनि उनिहरु निर्णय प्रती नरम नबन्दा अदालतले पुनः पहिलाकै मुद्दालाई सदरगरि फैसला गरेकाले दिल बहादुरलाई छुटाउन श्रीमती मनिका घर्ती र परिवारले आफन्त लगायत देश बिदेशमा रहने सबै नेपालीसँग सहयोगको लागि आग्रह गरेकाछन् ।

आर्थिक अवस्थाले विपन्न परिवार घर्तिलाई बचाउन झन्डै त्रीसठ्ठी लाख नेपाली रुपैयाँ जुटाउनु पर्ने भएपछि सकसमा परेको छ। विगत केही महिना देखि दिल बहादुरकि श्रीमती मनिका घर्ती स-साना छोराछोरी घरमा छाडेर काठमाडौंमै बसि सहयोगको लागि सवैसँग अपिल गरेकी छिन। उसोत विगतमा जनयुद्ध लडेर स्थापित भएका थुप्रै नेताहरुलाई समेत उनले आफ्ना श्रीमानलाई बचाइदिन सहयोगकोका हत्केला नफिजाएकी भने होइनन्। तरपनी आफ्नो दु:खमा अहिलेसम्म कुनैपनि नेता तथा मन्त्रीहरुले सान्त्वना दिन समेत कन्जुस्याइँ गरेको उनको गुनासो छ। यता विभिन्न देशमा कार्यरत नेपालिहरुबाट सामाजिक संजाल मार्फत सहयोग रकम जुट्ने प्रक्रियापनि जारी रहेको छ। मलेसियामा कार्यरत घर्तिका छिमेकी दाजु रोल्पाकै रुपधन घर्तीमगर ‘शुकुमार’ ले पनि आफुहरुले सक्दो प्रयासमा आर्थिक जुटाउन लागिपरिरहेको र सहयो जुट्नेक्रम जारी रहेको जानकारी दिनुभएको छ। साथै उहाँले एउटा आपतमा परेको परदेशी नेपालिको जीवन रक्षाका लागि सवैसँग अपिल गर्नुभएको छ। सहयोग गर्न इच्छुक व्यक्तिले तपसिल बमोजिमको सम्पर्क नम्बर र खाता नम्बरमा रकम जम्मा गर्न सकिने छ।
नेपाल राष्ट्रिय बाणिज्य बैंकमा खोलिएको सामुहिक खाता नं ११९००२६७४६१०
ब्याक्तिगत खाता नं : ११९००२६६१८१०
नाम : मनिका बुढामगर मोबाइल नं : ९८४४९६९५४९

(store.connect4education.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?