बाथ–मुटु रोगीको भल्ब शल्यक्रिया निःशुल्क

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १६, २०७३
|
|
१३६ पटक हेरिएको
Shares
बाथ–मुटु रोगीको भल्ब शल्यक्रिया निःशुल्क

सारांश

  • बाथ–मुटु रोगी भएका बिरामीले आगामी एक फागुनबाट भल्व शल्यक्रियाको निःशुल्क उपचार सेवा पाउने भएका छन् ।
  • बाथ–मुटु रोगीका लागि सरकारले निःशुल्क भल्व शल्यक्रिया उपचारको व्यवस्था मिलाएको खबर आजको नयाँ पत्रिकामा छ ।
  • सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २१औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले १५ देखि ६५ उमेर समूहका बिरामीलाई लक्षित गरी बाथ–मुटु रोगीको निःशुल्क भल्व शल्यक्रियाको घोषणा गरेका हुन् ।

बाथ–मुटु रोगी भएका बिरामीले आगामी एक फागुनबाट भल्व शल्यक्रियाको निःशुल्क उपचार सेवा पाउने भएका छन् । बाथ–मुटु रोगीका लागि सरकारले निःशुल्क भल्व शल्यक्रिया उपचारको व्यवस्था मिलाएको खबर आजको नयाँ पत्रिकामा छ ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २१औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले १५ देखि ६५ उमेर समूहका बिरामीलाई लक्षित गरी बाथ–मुटु रोगीको निःशुल्क भल्व शल्यक्रियाको घोषणा गरेका हुन् । उनले भने, ‘युवाहरूको स्वास्थ्यलाई ध्यानमा राखेर यो सेवा ल्याइएको हो ।

फागुनबाट निःशुल्क सेवा
आगामी फागुन १ बाट सहिद गंगालाल हृदय केन्द्र र मनमोहन कार्डियो भास्कुलर सेन्टरबाट बाथ–मुटु रोगीका बिरामीले निःशुल्क भल्व शल्यक्रियाको सेवा पाउनेछन् । यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक बजेट दिनेछ । यसअघि बाथ–मुटु रोगीको भल्व मात्रै निःशुल्क फेरिँदै आएको थियो । युवाहरू विशेषगरी रोजगारीको सिलसिलामा विदेश जाने अर्थात् स्वदेशमै जोखिमपूर्ण काम गर्दा बाथ–मुटु रोगको बढी सिकार हुने गरेको चिकित्सकहरूले बताएका छन् ।

बाथ–मुटु रोगी बढे
एक सय मुटुरोगीमध्ये पाँचजनामा बाथ–मुटु रोग देखा पर्ने गरेको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डाक्टर राजीव राजभण्डारीले ५ देखि १५ वर्ष उमेर समूहका मानिसमा बाथ–मुटु रोग बढी हुने बताए । उनका अनुसार यसको उपचारमा करिब एक लाख रुपैयाँ खर्च लाग्छ ।

२१ वर्षमा १३ लाखले लिए सेवा
१५ पुस ०५५ बाट सेवा सुरु गरेको सहिद गंगालाल हृदय केन्द्रले हालसम्म बाह्र लाख ९० हजार बिरामीलाई सेवा दिएको छ । यस आर्थिक वर्षमा केन्द्रबाट १६ हजार आठ सय ३२ जना बिरामीले सेवा लिएको शर्माले बताए । उनले यसै वर्षबाट तीनवटा अत्याधुनिक अप्रेसन थ्रिएटर र २६ शøयाको आइसियु सञ्चालनमा ल्याएको पनि जानकारी दिए ।

सरकारको विपन्न कार्यक्रममार्फत एक आर्थिक वर्षमा एक हजार आठ सय ४९ जना बिरामीले उपचार पाएका छन् । उनीहरूको उपचारका लागि राज्यको १७ करोड ९४ लाख ४९ हजार ४ सय ३६ रुपैयाँ रकम खर्च भएको शर्माले बताए ।

पोखरा र नेपालगन्जमा सेवा विस्तार
देशैभरिबाट मुटुरोगका बिरामी उपचार गराउन सहिद गंगालाल हृदय केन्द्र आउने गरेका छन् । रोगीहरूको संख्यामा वृद्धि हुँदै गएको भन्दै गंगालालको सेवामा सहजता ल्याउन यसै वर्षदेखि अन्य दुई स्थानबाट सेवा सुरु गर्ने मन्त्रालयले तयारी थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल
कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल
कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो , अमेरिकामा एकै दिन १९२६ जनाको मृत्यु
कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो , अमेरिकामा एकै दिन १९२६ जनाको मृत्यु
स्वास्थ्य मन्त्रालयमा प्रवक्ता परिवर्तन
स्वास्थ्य मन्त्रालयमा प्रवक्ता परिवर्तन
मन्त्री किरातीलाई क्यानका महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण
मन्त्री किरातीलाई क्यानका महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण
सन् २०२४: विमान दुर्घटनाको दुःखद् वर्ष
सन् २०२४: विमान दुर्घटनाको दुःखद् वर्ष
आयआर्जन गर्न एकल महिलालाई तालीम
आयआर्जन गर्न एकल महिलालाई तालीम
ओलीले सहमतिको प्रयास नगर्दा चुनावबाटै एमालेले मुख्यमन्त्री छान्ने
भरतपुरको भाटभटेनी सुपर मार्केटमा ग्रिनेट विस्फोट
भरतपुरको भाटभटेनी सुपर मार्केटमा ग्रिनेट विस्फोट
उत्सर्ग डान्सिङ र हिरो अफ भ्वाइसको पाँचौ श्रृङ्खलाः घोराही अडिसनमा १ सय ७० मा १ सय ३३ छानिए
उत्सर्ग डान्सिङ र हिरो अफ भ्वाइसको पाँचौ श्रृङ्खलाः घोराही अडिसनमा १ सय ७० मा १ सय ३३ छानिए
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारत जाने तीन मन्त्री को को ?
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारत जाने तीन मन्त्री को को ?