विश्वको अर्थतन्त्र ध्वस्त हुने गरी तेलको मूल्य बढ्ने साउदी राजकुमारको चेतावनी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १३, २०७६
|
|
५३ पटक हेरिएको
Shares
विश्वको अर्थतन्त्र ध्वस्त हुने गरी तेलको मूल्य बढ्ने साउदी राजकुमारको चेतावनी

सारांश

  • बीबीसी।
  • साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यदि विश्वका अन्य मुलुकले इरानसँग जुध्न एकसाथ नउभिने हो भने त्यसको असर विश्व बजारमा कच्चा तेलको आपूर्तिमा पर्ने र तेलको मूल्य अप्रत्यासित रुपमा बढ्ने चेतावनी दिएका छन्।
  • अमेरिकी टेलिभिजन च्यानल सीबीएसको कार्यक्रम ‘६० मिनट्स’ मा उनले इरान र साउदीबीच तनाब बढिरहेको र त्यसको असर विश्व अर्थव्यवस्थामा पर्ने बताएका हुन्।

बीबीसी। साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यदि विश्वका अन्य मुलुकले इरानसँग जुध्न एकसाथ नउभिने हो भने त्यसको असर विश्व बजारमा कच्चा तेलको आपूर्तिमा पर्ने र तेलको मूल्य अप्रत्यासित रुपमा बढ्ने चेतावनी दिएका छन्। अमेरिकी टेलिभिजन च्यानल सीबीएसको कार्यक्रम ‘६० मिनट्स’ मा उनले इरान र साउदीबीच तनाब बढिरहेको र त्यसको असर विश्व अर्थव्यवस्थामा पर्ने बताएका हुन्।

राजकुमारले आफूले साउदीका पत्रकार जमाल खाशोज्जीको हत्या गर्न आदेश नदिएको दाबी गरे। गत वर्ष अक्टोबरमा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा जमाल खाशोज्जीको हत्या भएको थियो। राजकुमार सलमानले साउदी अरब र इरानबीच जारी तनाबको राजनीतिक हल खोजिनु पर्ने नत्र दुवै मुलुकबीच युद्ध भयो भने त्यसको असर विश्व अर्थव्यवस्थामा पर्ने चेतावनी दिए।
उनले पूरै विश्वको तेल आपूर्तिको ३० प्रतिशत, विश्व व्यापारको २० प्रतिशत र पूरी विश्वको जीडीपीको ४ प्रतिशत योगदान मध्य–पूर्व इलाकाबाट हुने बताए।

उनले भने–सोच्नुस् यी तिनै चीज एकै पटक प्रभावित भयो भने के हुन्छ? यसको अर्थ के हुन्छ भने केवल साउदी अरब या मध्य–पूर्वका देशमात्र होइन, पूरै विश्वको अर्थव्यवस्था नै डामाडोल हुन्छ।’
उनले अगाडि भने–मलाइ के लाग्छ भने यो बचपना हर्कत थियो। यसको कुनै रणनीतिक उद्देश्य थिएन। विश्वको तेल आपूर्तिको ६ प्रतिशत भागमा आक्रमण गर्नु बेबकुफी हो। यसको केवल एक मात्र उद्देश्य भनेको बेवकुफी मात्रै हो।

राजकुमार सलमानले अमेरिकी विदेश मन्त्री माइक पोम्पियो पनि इरानले जो गर्यो त्यो युद्ध अपराध हो भन्ने विषयमा सहमत भएको बताए। उनले भने–यदि विश्वका अन्य देश इरानलाई रोक्नका लागि ठूलो कदम उठाएनन् भने यो विषय झन जटिल हुन्छ। र यसले कयौं देशको हित प्रभावित हुन्छ। विश्वको तेल आपूर्ति हुन्छ र तेलको मूल्य यतिधेरै बढ्छ की जुन आजसम्म हामीले देखेकै थिएनौं।’
यद्यपी राजकुमार सलमानले आफू कुनै पनि प्रकारको सैन्य अभियानको पक्षमा नरहेको बताए। उनले यो विषयलाई शान्तिपूर्ण रुपमा समाधान गर्नु नै उचित विकल्प भएको उनको भनाइ थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छायाङ्कनको बिचमै अमेरिकामा बिक्री भयो ‘रङ्गेली’, कलाकारसहित रेड कार्पेट प्रिमियर हुने
छायाङ्कनको बिचमै अमेरिकामा बिक्री भयो ‘रङ्गेली’, कलाकारसहित रेड कार्पेट प्रिमियर हुने
बंगलादेशलाई हराउँदै भारत विश्व कप क्रिकेटको सेमिफाइनलमा
बंगलादेशलाई हराउँदै भारत विश्व कप क्रिकेटको सेमिफाइनलमा
‘नक्कली चिकित्सक प्रकरण’ मा प्रहरी, सरकारी वकिल र मेडिकल काउन्सिलकाे बदनियतपूर्ण कार्यकाे खुलासा !
‘नक्कली चिकित्सक प्रकरण’ मा प्रहरी, सरकारी वकिल र मेडिकल काउन्सिलकाे बदनियतपूर्ण कार्यकाे खुलासा !
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
११ करोड पाए के गर्छिन् प्रियंका कार्की ?
११ करोड पाए के गर्छिन् प्रियंका कार्की ?
मौसमी ज्वरोको जोखिम, कसरी बच्ने ?
मौसमी ज्वरोको जोखिम, कसरी बच्ने ?
नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न
नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न
उपभाेक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु
उपभाेक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु
त्रिशूली थ्री–एको निर्माण तोकिएको समयअघि सक्न ताकेता
त्रिशूली थ्री–एको निर्माण तोकिएको समयअघि सक्न ताकेता
अर्थमन्त्री खतिवडाले अाफैले थपे त ५ लाख पर्यटक ?