संघीय संसदको पहिलो प्राथमिकता कानून निर्माण : सभामुख महरा

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १६, २०७५
|
|
४२ पटक हेरिएको
Shares
संघीय संसदको पहिलो प्राथमिकता कानून निर्माण : सभामुख महरा

सारांश

  • काठमाडौं, १६ असार ।
  • सभामुख कृष्णबहादुर महराले नेपालको लोकतन्त्र प्राप्तिको लडाईंमा संसदीय व्यवस्था अभिन्न रुपले जोडिएको बताएका छन् ।
  • ६०औं संसद दिवसको अवसरमा पूर्वसांसद मञ्च नेपालले संसद भवन बानेश्वरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।

काठमाडौं, १६ असार । सभामुख कृष्णबहादुर महराले नेपालको लोकतन्त्र प्राप्तिको लडाईंमा संसदीय व्यवस्था अभिन्न रुपले जोडिएको बताएका छन् । ६०औं संसद दिवसको अवसरमा पूर्वसांसद मञ्च नेपालले संसद भवन बानेश्वरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।

“लोकतन्त्र प्राप्तिको लडाईंमा नेपालको संसदीय व्यवस्था अभिन्नरुपले जोडिएको छ”, सभामुख महराले भने, “कहिले हामीले हाम्रा अधिकारहरु गुमाएका छौं । कहिले संघर्ष गरेर प्राप्त गरेका छौं । निरंकुशतासँग लड्दै कहिले भूमिगत त कहिले खुला आन्दोलन पनि गर्नुपरेको छ ।”

नयाँ संविधानले संघीय संसदको परिकल्पना गरेको भन्दै सभामुख महराले संघीय संसदको पहिलो प्राथमिकतामा कानून निर्माण रहेको बताए । “अहिले संसदको मुख्य प्राथमिकता भनेको विभिन्न कानूनहरु निर्माण गर्नु रहेको छ”, पूर्वसांसदहरुलाई सम्बोधन गर्दै सभामुख महराले भने, “कानून निर्माणमा तपाईंहरुको सल्लाह, सुझाव र सहयोग जरुरी छ ।”

राज्यलाई जनताप्रति उत्तरदायी बनाउने र जनताको आवाज राज्यलाई सुनाउने काम संसदकै भएको बताउँदै सभामुख महराले संसदभित्र प्रतिनिधित्व नगर्ने दलको पनि आवाज अभिव्यक्त हुनुपर्नेमा सबैले ध्यान दिनुपर्ने बताए । २०१६ र ४६ सालको भन्दा राजनीतिक र सामाजिक विकासको हिसाबले फरक संसदीय अभ्यासमा रहेको भन्दै सभामुख महराले यहाँसम्म आइपुग्न विगतका गौरवपूर्ण संघर्षको देन रहेको बताए ।

पटक–पटक लोकतन्त्र गुमाउनु परेको इतिहास फेरि पनि नदोहोरियोस् भन्नेमा आफूहरु सचेत रहेको भन्दै सभामुख महराले संसदलाई थप बलियो, प्रभावकारी र गतिशील बनाउन पूर्वसांसदहरुको अनुभव र ज्ञान आवश्यक रहेको बताए । पूर्वसांसदहरु पनि संसदकै अभिन्न अंगको रुपमा रहेको भन्दै सभामुख महराले नीति निर्माण, राज्यलाई जनताप्रति उत्तरदायी बनाउन र संसदमा जनताका आवाज अभिव्यक्त हुने वातावरण बनाउने काममा सक्रिय सहयोग र सहभागिता जनाउन पूर्वसांसदहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा सभामुख महराले पूर्वसांसद मञ्च नेपालले प्रकाशन गरेको स्मारिका विमोचन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्याफ्रुबेँसी–मैलुङ खण्डको राजमार्ग खुला
स्याफ्रुबेँसी–मैलुङ खण्डको राजमार्ग खुला
आत्मविश्वास र मेहनतले ‘मिस शेर्पा २०१७’ भएँ : सोनाम डोल्मा
आत्मविश्वास र मेहनतले ‘मिस शेर्पा २०१७’ भएँ : सोनाम डोल्मा
अमेरिकी राष्ट्रपति ट्रम्प इरानी राष्ट्रपति हसन रुहानीलाई भेट्न तयार
अमेरिकी राष्ट्रपति ट्रम्प इरानी राष्ट्रपति हसन रुहानीलाई भेट्न तयार
न्युजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई हराउँदै तालिकाको शीर्ष स्थानमा
न्युजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई हराउँदै तालिकाको शीर्ष स्थानमा
धर्ती नफाटुन्जेल सहिराख : ती दाइ भनाउँदा ब्यक्ति निद्रामै मेरो स्तन अँठयाइरहेका रहेछन
करोडौंका उपकरण अञ्चल अस्पतालमा थन्किए, बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता
करोडौंका उपकरण अञ्चल अस्पतालमा थन्किए, बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता
खोरमा हाकिम, ड्युटीमा सिपाही
खोरमा हाकिम, ड्युटीमा सिपाही
Find Out More About Fully Licensed Online Slot Casinos
क्यान्सर अस्पतालमा छटपटाउँदै गरेका सन्तोषलाई एकै दिनमा २ लाख
क्यान्सर अस्पतालमा छटपटाउँदै गरेका सन्तोषलाई एकै दिनमा २ लाख
भदौ ६ गते शुक्रबारको राशिफल यस्तो छ