नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
३५ पटक हेरिएको
Shares
नागढुङ्गाबाट लागुऔषधसहित पक्राउ

सारांश

  • काठमाडौँ, २३ माघ, महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
  • प्रभागको टोलीले जनकपुरबाट काठमाडौँ आउँदै गरेको ना ८ ख १८०८ नम्बरको बस जाँचका क्रममा सोलुखुम्बुका २० वर्षीय छिरिङ शेर्पालाई आज बिहान पक्राउ गरेको हो ।
  • प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले झोलामा लुकाएर अवैध लागुऔषध ल्याउँदै गरेको अवस्थामा शेर्पालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

काठमाडौँ, २३ माघ, महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले जनकपुरबाट काठमाडौँ आउँदै गरेको ना ८ ख १८०८ नम्बरको बस जाँचका क्रममा सोलुखुम्बुका २० वर्षीय छिरिङ शेर्पालाई आज बिहान पक्राउ गरेको हो ।

प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले झोलामा लुकाएर अवैध लागुऔषध ल्याउँदै गरेको अवस्थामा शेर्पालाई पक्राउ गरिएको जानकारी दिनुभयो । शेर्पासँग प्रहरीले ७५० ट्याब्लेट नाइट्राभेट बरामद गरेको छ । अभियुक्त शेर्पालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?