प्रचण्डलाई पार्टी एकताप्रति किन लाग्यो पछुतो ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ३, २०७६
|
|
३० पटक हेरिएको
Shares
प्रचण्डलाई पार्टी एकताप्रति किन लाग्यो पछुतो ?

सारांश

  • नेपाल कम्युनिष्ट पार्टीको एकताप्रति कतिपय पूर्व माओवादी असन्तुष्ट थिए ।
  • उनलाई एकता नगरौं भनेर लामो समय साथ दिएका कतिपय नेताहरुले सुझाव पनि दिएका थिए ।
  • सबैको सुझावलाई पन्छाएर प्रचण्डले जोखिम मोलेर तत्कालिन नेकपा एमालेसँग प्रचण्डले एकताको हात बढाए ।

नेपाल कम्युनिष्ट पार्टीको एकताप्रति कतिपय पूर्व माओवादी असन्तुष्ट थिए । उनलाई एकता नगरौं भनेर लामो समय साथ दिएका कतिपय नेताहरुले सुझाव पनि दिएका थिए । सबैको सुझावलाई पन्छाएर प्रचण्डले जोखिम मोलेर तत्कालिन नेकपा एमालेसँग प्रचण्डले एकताको हात बढाए । अहिले त्यही एकताबाट प्रचण्ड पछुतो मान्न थालेका छन् ।

प्रचण्डले बेला बेलामा एकताबारे पछुतो लाग्न थालेको भन्ने गरेका थिए । आफू निकटस्थसँगको भेट कहीं कतै गल्ती त गरिएन भन्थे । पछिल्लो समय उनले राजनीतिक जीवनमा गल्ती गरिएछ नै भन्न थालेका छन् । प्रचण्ड निकटस्थ एक नेताका अनुसार एकता चौतर्फी घेराबन्दी बनेको निष्कर्षमा प्रचण्ड पुगेका छन् । उनले नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धोका भएको समेत भन्न थालेका छन् ।

आफ्ना सबैभन्दा नजिकका कृष्णबहादुर महरा महिलामाथि जर्बजस्ती प्रकरणमा परेपछिको घटनाक्रमप्रति प्रचण्ड सतर्क भएका छन् । ओलीले महराले अमेरिकी विकास सम्झौतासम्बन्धी रणनीति सम्झौता ‘एमएमसी’ संसदबाट पारित गर्नबाट अड्काएको खुलाएपछि प्रचण्ड असन्तुष्ट भएका छन् । देव गुरुङले महरा प्रकरणपछिका घटनाक्रम पश्चिमा षड्यन्त्र हुनसक्ने बताइरहँदा ओलीको भनाई बाहिर आयो । यसलाई प्रचण्डले ओलीको चेतावनी र त्रास देखाएको रुपमा बुझेको उनी निकटस्थ एक नेताले बताए । ती नेताले भने, ‘पूर्व माओवादी हामीलाई कमजोर बनाउने षड्यन्त्रका रुपमा पछिल्लो घटनाक्रमलाई बुझिएको छ ।’

अमेरिका र पश्चिमालाई हेर्ने दृष्टिकोणमा ओली र प्रचण्डबीच द्धन्द्ध चर्केको रिपोर्टर्स नेपालले १ कात्तिकमा समाचार प्रकाशन गरिसकेको छ । विदेशीलाई हेर्ने दृष्टिकोणका अलावा सी जिनपिङको नेपाल भ्रमणका बखत प्रचण्डलाई एक्लै भेट्नबाट रोक्न खोज्ने प्रयास समेत नेकपाभित्रबाट भएको सूचना चुहियो । तर, प्रचण्डलाई सीले भेटे ।

सरकारमा आलोपालो सहमतिको विषय प्रचण्डले चुहाइसकेका छन् । यसको पालना हुनेमा प्रचण्ड स्वयं शंका गर्न थालेका छन् । नेकपाभित्र ओलीनिकटस्थले आलोपालो सहमति नभएको र ओली पाँच वर्ष प्रधानमन्त्री बन्ने बताइरहेका छन् । यी भनाईहरुलाई ओलीले नै प्रोत्साहित गरेको बुझाई पूर्व माओवादीभित्र रहेको छ । यसले पनि प्रचण्ड सतर्क बनेका छन् ।

आलोपालो समति बनेको हो र त्यसको कार्यान्वयन हुने भने अबको आठ महिनापछि प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । तर, त्यसमा धोकाधडी हुनसक्नेतर्फ प्रचण्डलाई निकटस्थले सचेत गराएका छन् । एकतापछि पनि पूर्व एमाले र पूर्व माओवादी छुट्टिइरहेको अवस्थाबीच प्रचण्डले आफूलाई कमजोर बनाउन खोजिएको विषयबारे समिक्षा गरिरहेका छन् । उनी निकटस्थहरुले राष्ट्रिय अन्तर्रा्ष्ट्रिय घटनाक्रमबारे बसेर समिक्षा समेत गरेका छन् ।

घटनाक्रमको समिक्षापछि प्रचण्डले गत हप्ता कडा अभिव्यक्ति दिए । जसमध्ये धनगढीमा पुगेर महराले एमएमसी सम्झौता संसदबाट पारित गर्न अवरोध नगरेको भन्दै त्यसमा केही विषयमाथि प्रश्न उठेको बताए । उनले आफू फेरि जंगल जानसक्ने चेतावनी पनि दिए । दुवै अभिव्यक्ति अर्थपूर्ण छ ।

प्रचण्डले राजनीतिमा आश्चर्यजनक निर्णयहरु लिने गरेका छन् । जनयुद्ध देखि राजनीतिक मूलधारमा आइपुग्दा उनले जोखिमयुक्त कदम चाले । अहिले उनले फेरि कुनै जोखिमयुक्त कदम चाल्ने संकेत गरिसकेका छन् । प्रचण्डले ओलीबाट धोका भएको निष्कर्ष निकालेकाले अब त्यसको जवाफ दिनसक्ने उनी निकटस्थले जानकारी दिए ।

लामो समय टाढिएका प्रचण्ड पछिल्लो समय नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नजिक हुनथालेका छन् । दुवैबीच भेटघाट समेत भइरहेको छ । यो प्रचण्डको कुनै कठोर कदम चाल्ने संकेत पनि हो । ओली सरकार दुई वर्ष पुग्नै लाग्दा उनले राजनीतिक जीवनमा अर्को कठोर कदम चाल्ने संकेतहरु दिइसकेका छन् । त्यसका लागि उनी निकटस्थ नेताहरुको सक्रियता विस्तारै बढ्दै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोबाइलमा सबैभन्दा बढि खर्च गर्ने कुलमान, कति ?
मोबाइलमा सबैभन्दा बढि खर्च गर्ने कुलमान, कति ?
दोहोरो नागरिकता लिने महिला पक्राउ
दोहोरो नागरिकता लिने महिला पक्राउ
प्रहरीमाथि सांसद सहितको भीडले पेट्रोल छर्केर आगो लगाएपछि
प्रहरीमाथि सांसद सहितको भीडले पेट्रोल छर्केर आगो लगाएपछि
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल
समुदाय प्रहरी साझेदारीमार्फत् विकासका गतिविधिलाई सहयोग गर्नुपर्छ: महानिरीक्षक सर्वेन्द्र खनाल
हामीले चुनाव जित्ने वितिक्कै खानेपानीको समस्या हल गर्न तिर लाग्छौं:खत्री
हामीले चुनाव जित्ने वितिक्कै खानेपानीको समस्या हल गर्न तिर लाग्छौं:खत्री
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार  .
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार .
सपनामा पनी सञ्जीव धरहराबाट खसिरहेको देख्छन्…
सपनामा पनी सञ्जीव धरहराबाट खसिरहेको देख्छन्…
तीन महीनामा भित्रियाे आठ अर्बको सवारीसाधन !
तीन महीनामा भित्रियाे आठ अर्बको सवारीसाधन !
मेलबर्नमा भ्रस्टाचार बिरुद्ध बिषयमा अन्तकृया संपन्न
मेलबर्नमा भ्रस्टाचार बिरुद्ध बिषयमा अन्तकृया संपन्न
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल

तपाईंले छुटाउनुभयो कि?