पोखरामा धनराज आचार्यको जीत सुनिश्चित, काँग्रेसले उपमेयर गुमाउँदै
सारांश
- काठमाडौं, १० जेठ ।
- पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यको जीत सुनिश्चित भएको छ ।
- नेकपा एमालेका कृष्णबहादुर थापालाई झण्डै ५ हजार मतान्तरले पछाडि पारेपछि आचार्य जित्ने सुनिश्चत भएको हो ।
काठमाडौं, १० जेठ । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यको जीत सुनिश्चित भएको छ ।
नेकपा एमालेका कृष्णबहादुर थापालाई झण्डै ५ हजार मतान्तरले पछाडि पारेपछि आचार्य जित्ने सुनिश्चत भएको हो ।
अब बाँकी मतगणनामा पनि थापाले आचार्यलाई उछिन्ने सम्भावना रहेन । एसका आचार्यको जीत सुनिश्चित भएपनि गठबन्धनबाट नेपाली काँग्रेसले उपमेयर गुमाउने भएको छ ।
काँग्रेसकी मञ्जुदेवी गुरुङले नेपाली काँग्रेसकी कोपिला रानाभाटलाई ४ हजार मतान्तरले पछि पारेकी छिन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया