८ महिने शिशु बलात्कृत, यौनाङ्गमा चोट
सारांश
- काठमाडौं, माघ १६ ।
- भारतको उत्तर पश्चिक दिल्लीको सकुर वस्तीमा मात्र ८ महिनाको शिशु बलात्कृत भएकी छन् ।
- काकाको छोराले शिशुलाई बलात्कर गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
काठमाडौं, माघ १६ । भारतको उत्तर पश्चिक दिल्लीको सकुर वस्तीमा मात्र ८ महिनाको शिशु बलात्कृत भएकी छन् । काकाको छोराले शिशुलाई बलात्कर गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
प्रहरीका अनुसार आइतबार विहान पीडितकी आमाबाबु सानी नानीलाई दुई छोरीहरुसँग छोडेर काममा गएका थिए ।
शिशुलाई काकाको छोराले घरको अर्को भागमा लगेर बलात्कारको प्रयास गरेको अभियोग लागेको छ । बालिका बेहोस हुनका साथै रत्तस्राव भएपछि छाडेर भागेका थिए ।
पीडित शिशुको अवस्था गम्भीर छ भने उनको काकाको छोरालाई पक्राउ गरेको छ । उनको यौनाङ्गमा चोट लागेको छ र अहिले सर्जरी गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
उनीहरु घरको पहिलो तलामा बस्थे भने ग्राउण्ड फ्लोरमा परिवारका अन्य सदस्य पनि थिए । तर, साँझ कामबाट फर्किँदा छोरी रगताम्मे अवस्थामा भेटिएकी थिइन् ।
प्रतिक्रिया