जुम्लामा स्थानिय तहमा अाक्रमण, नगरपालिकाकाे गाडि जलाइयाे !

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २, २०७५
|
|
३३ पटक हेरिएको
Shares
जुम्लामा स्थानिय तहमा अाक्रमण, नगरपालिकाकाे गाडि जलाइयाे !

सारांश

  • जुम्ला, २ मंसिर।
  •   चन्दननाथ नगरपालिकाको गाडी अज्ञात समूहले जलाएका छन् ।
  • चन्दननाथ नगरपालिकाको प्रांगणमा स्टेण्डमा राखिएको क१ झ१ नम्बरको गाडि राति एक बजे जलाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।

जुम्ला, २ मंसिर।  चन्दननाथ नगरपालिकाको गाडी अज्ञात समूहले जलाएका छन् । चन्दननाथ नगरपालिकाको प्रांगणमा स्टेण्डमा राखिएको क१ झ१ नम्बरको गाडि राति एक बजे जलाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । राति सवा एक बजे नगरपालिकाका पाले बिष्णुप्रसाद न्यौपानेले गाडीमा आगो लागेको थाहा पाएपछि सबैलाई जानकारी गराउनु भएको थियो ।

उहाँले आफू सुतिरहेको अवस्थामा ढोकामा अज्ञात व्यक्तिले ढक–ढक हान्यो ढोका खोलेर हेर्दा गाडी जलिरहेको बताउनुभयो । त्यसपछि खबर गर्दा स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । जलेको गाडि रु ४० लाख बराबरको भएको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले जनाउनुभयो । नगरपालिकाका मेयर भारत र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएको नगरपालिकाले जनाएको छ । जिल्लाको गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरी कम्प्यूटर इलेक्ट्रोनिक सामग्रीहरु नष्ट गरिएका छन् । कार्यालयभित्रको लाखौँका सामग्री नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘गाउँपालिका आगजनी गर्न प्रयास गरिएको देखिन्छ । कागजहरु केही जलाएका छन् तर निभेको छ ।

यसैगरी गाउँपालिकामा जडान गरिएको सीसी क्यामरा चुँडेर फालिएको छ । घटनास्थलको वास्तविक अवस्था बुझ्न आफू गुठचौर पुगेको प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो । घटनाको विवरणसहित अनुसन्धान सुरु गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सारा अली खान र जाह्नवी कपुरको कडा प्रतिस्पर्धा
सारा अली खान र जाह्नवी कपुरको कडा प्रतिस्पर्धा
लालीगुराँस आवासीय माविमा विद्यार्थीको स्वास्थ्य परीक्षण
लालीगुराँस आवासीय माविमा विद्यार्थीको स्वास्थ्य परीक्षण
भारतसँग नेपाल पराजित
भारतसँग नेपाल पराजित
देउवाको प्रधानमन्त्रीको प्रस्ताव प्रचन्ड द्वारा ठाडै अस्विकार,
देउवाको प्रधानमन्त्रीको प्रस्ताव प्रचन्ड द्वारा ठाडै अस्विकार,
चिन्तन थिङ तामाङको  समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
चिन्तन थिङ तामाङको समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि
सुदूरपश्चिम प्रदेशसभा : बजेटप्रति सत्तापक्षकै सदस्यको असन्तुष्टि
देउवा सरकारद्वारा अर्बौ भ्रष्टाचारः अर्थमन्त्री डा. खतिवडा
देउवा सरकारद्वारा अर्बौ भ्रष्टाचारः अर्थमन्त्री डा. खतिवडा
रोल्पाका द्वन्द्वपीडित सैनिक पत्नि व्यवसायबाट मनग्ये आम्दानी गर्दै
रोल्पाका द्वन्द्वपीडित सैनिक पत्नि व्यवसायबाट मनग्ये आम्दानी गर्दै
रेणुलाइ आफ्नै कार्यकर्ताले घरमा थुनेपछि …
रेणुलाइ आफ्नै कार्यकर्ताले घरमा थुनेपछि …
प्रहरी पूर्वउपरीक्षक विष्टलाई धरौटीमा रिहा आदेश
प्रहरी पूर्वउपरीक्षक विष्टलाई धरौटीमा रिहा आदेश

तपाईंले छुटाउनुभयो कि?