नेपाल प्रज्ञा प्रतिष्ठानमा फेरि उप्रेती नियुक्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
४२ पटक हेरिएको
Shares
नेपाल प्रज्ञा प्रतिष्ठानमा फेरि उप्रेती नियुक्त

सारांश

  • काठमाडौं,२१ असाेज।
  • सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा.
  • गंगाप्रसाद उप्रेतीलाई फेरि नियुक्त गरेको छ।

काठमाडौं,२१ असाेज। सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा. गंगाप्रसाद उप्रेतीलाई फेरि नियुक्त गरेको छ।  प्रधानमन्त्री एवम् प्रतिष्ठानका प्रमुख संरक्षक केपी ओलीले उप्रेतीलाई पुनः नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त गरेका हुन्। यसैबीच, नवनियुक्त कुलपति उप्रेतीले आइतबार नै पद तथा गोपनियताको सपथ लिएका छन्। प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा एक कार्यक्रमकाबीच उप्रेतीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

प्रधानमन्त्री ओलीले आइतबार नै प्रतिष्ठानको सदस्यमा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरेका छन्। नवनियुक्त सदस्य उपाध्यायलाई प्रतिष्ठानका कूलपति उप्रेतीले पद तथा गोपनियताको सपथ खुवाए। सपथग्रहण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानको गरिमालाई उचो बनाउँदै देश र जनताको हित हुनेगरी नेपाली भाषा, कला, साहित्य र संस्कृतिको उत्थानमा लाग्न नवनियुक्त कुलपति उप्रेतिलाई निर्देशन दिए। उनले सबै विधालाई समेटेर प्रतिष्ठानका अन्य पदाधिकारी नियुक्ती पनि छिट्टै गर्ने जानकारी दिए।

प्रधानमन्त्री ओलीले नेपाली वाङ्मयका अनेक ढाँचालाई प्रतिष्ठानले प्रष्फुटित गराउँदै लैजानुपर्ने पनि बताए। सपथग्रहण समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, खानेपानी तथा सरसफाई मन्त्री विना मगरलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोलिने ! पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल खोलिने
उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोलिने ! पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल खोलिने
सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन
सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन
राष्ट्रियसभाका लागि सिफारिस गरेका ३ सदस्य फिर्ता पठाए कडा प्रतिवाद गर्छौः सिंह
माओवादी नेता शर्माले लगाए एमालेलाई कडा आरोप
माओवादी नेता शर्माले लगाए एमालेलाई कडा आरोप
इमानको राजनीति गर्छु भन्दै हिँड्ने रबिन्द्र मिश्रले किने १६ करोडको घर
इमानको राजनीति गर्छु भन्दै हिँड्ने रबिन्द्र मिश्रले किने १६ करोडको घर
कांग्रेस सुदृढीकरण नाममा दुई गुटको भिन्न अभियान
मन्त्रीमण्डल विघटन गर्दा प्रम ओली र प्रचण्ड यी मन्त्री जोगाउन चाहन्छन्
मन्त्रीमण्डल विघटन गर्दा प्रम ओली र प्रचण्ड यी मन्त्री जोगाउन चाहन्छन्
ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम
ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम
भरतपुर महानगरका निर्वाचित प्रतिनिधिले पनि काम गर्न पाएनन्
भरतपुर महानगरका निर्वाचित प्रतिनिधिले पनि काम गर्न पाएनन्
कानुन विपरित हुँदैछ प्रधानमन्त्रीको राजकीय भारत भ्रमण!
कानुन विपरित हुँदैछ प्रधानमन्त्रीको राजकीय भारत भ्रमण!