सारा अली खान र जाह्नवी कपुरको कडा प्रतिस्पर्धा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
सारा अली खान र जाह्नवी कपुरको कडा प्रतिस्पर्धा

सारांश

  • मुम्बइ।
  • सारा अली खानका बलिउडमा लगातार दुई फिल्म रिलिज भए ।
  • दुवै फिल्म व्यवसायिक हिसाबले सफल पनि रहे ।
मुम्बइ। सारा अली खानका बलिउडमा लगातार दुई फिल्म रिलिज भए । दुवै फिल्म व्यवसायिक हिसाबले सफल पनि रहे । पहिलो फिल्म केदारनाथमा उनको कामको निकै तारिफ भयो । सिम्बा कमाइको हिसाबले ब्लकबस्टर रह्यो । अब साराको हातमा एउटा ठूलो बजेटको फिल्म आएको छ । मिडिया रिपोर्टका अनुसार करण जौहरको प्रोडक्सन हाउसले सारालाई एक बायोपिकको लागि साइन गरेको छ । 
फिल्मलाई कन्नन ऐयरले निर्देशन गर्नेछन् । कन्ननले यसअघि एक थी डायन निर्देशन गरिसकेका छन् । यद्यपि यो फिल्म व्यवसायिक रुपमा सफल भने हुन सकेन । अब कन्नन दमदार कमब्याकको तयारीमा छन् । यो फिल्म यही वर्ष अगष्टसम्म फ्लोरमा जाने बताइएको छ । बलिउडमा प्रवेश गरेपछि सारालाई जाह्नवी कपूरसँग तुलना गरेर हेर्ने गरिएको छ । 
यो फिल्म पाएपछि साराको सिधा टक्कर जाह्नवीसँग भएको चर्चा चलेको छ । उता जाह्नवीले पनि एक बायोपिक साइन गरेकी छिन् । जाह्नवी इण्डियन एयरफोर्सकी प्रथम महिला पाइलट गुञ्जन सक्सेनाको रुपमा पर्दामा देखिने तयारीमा छिन् । अर्कोतर्फ टाइगर श्राफको ब्लकबस्टर बागी सिरिजको सिक्वेल बागी ३ को लागि सारा अली खानलाई साइन गरिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?