खानेपानी मन्त्री बिनाले गरिन् पहिलो दिनमै सचिवमाथि छड्के
सारांश
- काठमाडौं – खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरसहित एक दर्जनभन्दा बढी कर्मचारी छड्केमा परेका छन्।
- खानेपानी तथा सरसफाइमन्त्री विना मगरले आइतबार १० बजे मन्त्रालयमा छड्के जाँच गर्दा ती कर्मचारी अनुपस्थित थिए।
- आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौं – खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरसहित एक दर्जनभन्दा बढी कर्मचारी छड्केमा परेका छन्। खानेपानी तथा सरसफाइमन्त्री विना मगरले आइतबार १० बजे मन्त्रालयमा छड्के जाँच गर्दा ती कर्मचारी अनुपस्थित थिए। आजको नागरिक दैनिकमा खबर छ ।
मन्त्री मन्त्रालय पुग्दा सचिव ठाकुर, सहसचिव अनिल खनाल, ज्योतिकुमार श्रेष्ठसहित एक दर्जनभन्दा बढी कर्मचारी अनुपस्थित भएको मन्त्रालय स्रोतले बतायो। ‘पहिलो दिनमै सचिव, सहसचिवसहित दर्जनभन्दा बढी कर्मचारी अनुपस्थित हुनु राम्रो होइन,’ मन्त्रीको भनाइ उद्दृत गर्दै एक कर्मचारीले भने, ‘भोलिदेखि कार्यालय समयमा उपस्थित नहुने र तोकिएको काम नगर्ने कर्मचारीमाथि कारबाही अघि बढ्छ।’ उनले अनुपस्थित हुने कर्मचारीको नाम टिपेर लगेकी छन्।
मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले भने मन्त्रीले छड्के गरेको सम्बन्धमा आपूmलाई कुनै जानकारी नभएको बताए। ‘खै मन्त्रीले छड्के गरेको भन्ने त मैले थाहै पाइनँ,’ सहसचिव सुवेदीले नागरिकसँग भने।
Salon Rai
Good start???
Salon Rai
Mahila le k hi garnu sakdaina vanera purush harulai matra nirnayk Padh dine harulai dekhai dinus k k ho reality Awasar paunu vako xa sadupayok garera Ethihash ma namlekhaunus Well done ? we r with you ????