सुनौला सपनासहित दुर्घटनामा घाइते, रकम अभावले दाङका यी युवाको मलेसियामा उपचार प्रभावित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
३४ पटक हेरिएको
Shares
सुनौला सपनासहित दुर्घटनामा घाइते, रकम अभावले दाङका यी युवाको मलेसियामा उपचार प्रभावित

सारांश

  • उमेश बञ्जाडे मलेसिया, १० साउन ।
  • घरपरिवारको आधार नै थला परेपछिको अवस्था सायद भोग्नेलाई मात्रै थाहा हुन्छ ।
  • धुरी खाँबो जीर्ण बन्दै जाँदा घरको छानो जोगाउने जिम्मेवारी बोकेको मान्छे अपत्यारिलो भुमरीमा परेपछि सम्भवतः पारिवारिक अवस्था झन विकराल बन्दै जान्छ नै ।

उमेश बञ्जाडे

मलेसिया, १० साउन । घरपरिवारको आधार नै थला परेपछिको अवस्था सायद भोग्नेलाई मात्रै थाहा हुन्छ । धुरी खाँबो जीर्ण बन्दै जाँदा घरको छानो जोगाउने जिम्मेवारी बोकेको मान्छे अपत्यारिलो भुमरीमा परेपछि सम्भवतः पारिवारिक अवस्था झन विकराल बन्दै जान्छ नै ।

यस्तै पीडाले थलिएका छन् दाङ तुलसीपुरका एक युवा मलेसियामा । धन कमाउने आशा र सुनौला सपनासहित घरबाट परदेश पसेका उनी सडक दुर्घटनामा पर्दा पीडाले जेलिएका छन् । विगत ५ महिनादेखि पूर्ण उपचार गराउन नसक्दा अप्ठ्यारोमा परेका हुन् दाङको तुलसीपुर उपमहानगरपालिका १० का डम्बर बस्नेत ।

गत जनवरीमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए उनी । कम्पनीको काम सकेर खाद्यान्न किनमेलका लागि बजार जाँदैगर्दा उनी दुर्घटनामा परेका हुन् । रोजगारीका लागि २०७२ साल असोजमा “मन ओभरसिज प्रालिबाट मलेसियाको टि.एस.के. मेसिनरी एण्ड इन्जिनियरिङ कम्पनीमा आएका बस्नेत अहिले आर्थिक अभावका कारण पूर्णरुपमा स्वस्थ हुन नसकेका हुन् ।

घाइते बस्नेतलाई सेलेङ्गोर जिल्लास्थित केलाङको स्थानीय अस्पतालले प्रारम्भिक उपचारपछि थप उपचारका लागि राजधानी क्वालालम्पुरको “सुंघाई बुलोन” अस्पतालमा रिफर गरेको थियो । टाउकोमा गम्भीर चोट लागेका बस्नेतलाई अस्पतालले डिस्चार्ज गरे पनि टाउकोमा रगत जमेको भन्दै अप्रेशन गरियो । चोट गहिरो रहेकाले उक्त भागलाई पुनः एकपटक टाँका खोलेर सफाइ गरेपछि मात्रै बिरामी यथास्थितिमा आउन सक्ने अस्पतालको सुझाव छ । बस्नेतले नेपाल गएरै उपचार गराउने चाहना व्यक्त गरेपनि टाउकोमा चोट पुगेको स्थानबाट एउटा “मांसपेशी” झिकेर त्यसको सफाई गर्नुपर्ने भन्दै अस्पतालले आइसियुमा राखेको छ । जसलाई पुरानै स्थानमा राख्न २६ हजार मलेसियन रिंगिट लाग्ने अस्पताल स्रोतले जनाएको छ ।

बिमा कम्पनीले उपचारका लागि १८ हजार मलेसियन रिंगिट उपलब्ध गराए पनि त्यो रकम यसअघिको उपचारमै सकिएको पीडित बस्नेतले बताएका छन् । अहिले अस्पताल बाहिरै भएपनि पैसाको अभावमा उपचार प्रभावित भएको पीडित बस्नेतले जनाएका छन् । दुर्घटना भएको ५ महिना बितिसक्दा पनि कतैबाट सहायता नपाएका उनले मिडियाहरुले आफ्नो समस्याका बारेमा जानकारी स्वरुप समाचार प्रसारण वा प्रकाशन गरिदिएमा सहयोग उठ्नसक्ने आशा व्यक्त गरेका छन् ।

यता यही अवस्थामा आर्थिक नजुटाई थप उपचार गर्न नसकिने अस्पताल स्रोतले जनाएको रोल्पा निवासी सुकुमार घर्तिले बताएका छन् । उनको अवस्था दैनिक असामान्य बन्दै गएका कारण सबैसँग सक्दो आर्थिक सहयोगको अपेक्षा गरिएको घर्तीको आशय थियो । पीडित बस्नेतले पनि छिटोभन्दा छिटो उपचार गराएर स्वदेश फर्किने सपना बुनेकाले सबैसँग सक्दो सहयोगको लागि अपिल गरेका छन् । ३० वर्षीय बस्नेतको परिवारमा आमाबुवा, छोरी र श्रीमती रहेका छन् ।

हाललाई सहयोग गर्न चाहनेले पीडित बस्नेतको नम्बर ं६०११५१२९३५१४ मा सम्पर्क गरेर सहयोग गर्न सक्ने बस्नेतले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तर कोरीयामा रक्षा मन्त्री र सैनिक प्रमुख फेरिए
सिक्किममा हंगामा मच्चाएकी आस्था राउतद्धारा काठमाडौंमा प्रहरीसामु आत्मसमर्पण
सिक्किममा हंगामा मच्चाएकी आस्था राउतद्धारा काठमाडौंमा प्रहरीसामु आत्मसमर्पण
म्यानचेस्टर युनाइटेडबाट प्रशिक्षक मोउरिन्होलाई बिदाई
म्यानचेस्टर युनाइटेडबाट प्रशिक्षक मोउरिन्होलाई बिदाई
कात्तिक १६ गतेदेखि हुने भनिएको लोकसेवा आयोगका लिखित परीक्षा स्थगित्
कात्तिक १६ गतेदेखि हुने भनिएको लोकसेवा आयोगका लिखित परीक्षा स्थगित्
मुम्बईबाट लुकिछिपी नेपाल आएका ५ जनामै कोराना संक्रमण
मुम्बईबाट लुकिछिपी नेपाल आएका ५ जनामै कोराना संक्रमण
गण्डकी विकास बैंककाे ७७ अाै शाखा  धनगढीमा !
गण्डकी विकास बैंककाे ७७ अाै शाखा  धनगढीमा !
चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश २ मा जाने,
चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश २ मा जाने,
भिरकोटको माँझकुलो बनेपछि स्थानीय खुसी
भिरकोटको माँझकुलो बनेपछि स्थानीय खुसी
अवरुद्ध संसद् बैठक सञ्चालन गर्न कांग्रेसले पहल गर्ने
अवरुद्ध संसद् बैठक सञ्चालन गर्न कांग्रेसले पहल गर्ने
आज १५ सय ५१ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ९० हजार नाघ्यो
आज १५ सय ५१ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ९० हजार नाघ्यो