प्रधानसेनापति थापा भारत प्रस्थान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रधानसेनापति थापा भारत प्रस्थान

सारांश

  • काठमाडौँ, २७ पुस ।
  • प्रधानसेनापति पूर्णचन्द्र थापा भारत प्रस्थान गरेका छन् ।
  • भारतीय सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा थापा विहान ८ः१७ बजे भारत प्रस्थान गरेका हुन् ।

काठमाडौँ, २७ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापा भारत प्रस्थान गरेका छन् । भारतीय सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा थापा विहान ८ः१७ बजे भारत प्रस्थान गरेका हुन् ।

प्रधानसेनापतिको नियुक्तिपश्चात्को थापाको यो पहिलो विदेश भ्रमण हो । भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्ष जनरल रावतसँग भेटघाट गर्नेछन् ।

सन् १९५० बाट सुरु भएको यो प्रचनअनुसार सेना प्रमुखमा नियुक्ति भएपछि औपचारिक निमन्त्रणा गरी मानार्थ महारथीको दज्र्यानीबाट सम्मान गरिन्छ ।

भारतीयस्थल सेनाध्यक्षको मानार्थ दज्र्यानी चिन्ह ग्रहण गर्न प्रधानसेनापति थापा भारत जान लागेका हुन् । दुवै देशका प्रमुखलाई कदरस्वरुप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ ।

साथै, उनले भारत सरकारका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७३ चैत १६ गते भारतीय सेनाध्यक्ष विपीन रावतलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यानी प्रदान गरेकी थिइन् । प्रधानसेनापति थापासहितको उच्चस्तरिय भ्रमणदल माघ २ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?