आजदेखि हुने कडा लकडाउनमा पास बिना चल्न पाउने सवारी र पास कसरी लिने ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १, २०७७
|
|
४७ पटक हेरिएको
Shares
आजदेखि हुने कडा लकडाउनमा पास बिना चल्न पाउने सवारी र पास कसरी लिने ?

सारांश

  • सरकारले आजबाट लागु हुने गरी लकडाउन कडा गर्ने भएको छ ।
  • कोरोना भाइरसको संक्रमण बढेपछि लकडाउनमा कडाई गरेको हो ।
  • संक्रमण समुदायसम्म फैलिएपछि गृह मन्त्रालय कडा रुपमा प्रस्तुत भएको छ ।

सरकारले आजबाट लागु हुने गरी लकडाउन कडा गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि लकडाउनमा कडाई गरेको हो । संक्रमण समुदायसम्म फैलिएपछि गृह मन्त्रालय कडा रुपमा प्रस्तुत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लकडाउन कडा गर्ने निर्देशन दिइसकेका छन् । संक्रमणलाई दृष्टिगत गरी जेठभर पनि लकडाउन लम्बनसक्ने बुझिएको छ । यसका लागि पूर्व तयारी भइसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

गृह मन्त्रालयले सुचना नै जारी गरेर आजबाट यसअघि वितरित सबै पास रद्द गरेको छ । अब पुरानो पास लिएर चल्ने सबैलाई कारबाही गरिनेछ । आजबाट एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाइएको छ । जानै परे सम्बन्धित जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्नेछ । काठमाडौं उपत्यकाको हकमा एकै जिल्ला सरहको व्यवहार हुनेछ ।

अत्यावश्यक सेवाका सवारीलाई पास चाहिंदैन । तर, ती सवारीमा यात्रा गर्ने सबैले अनिवार्य आधिकारिक परिचयपत्र लिनुपर्नेछ ।

पास विना सञ्चालन गर्न पाउने सवारीसाधन
एम्बुलेन्स, शवबाहन र दमकल
यसैगरी झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरु प्रेस काउन्सिलबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु
स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मा्सिस्ट प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु, औषधी उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिहरु
खानेपानीको मर्मत सम्भार र वितरणमा संलगन जनशक्ति
फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति
ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति
अत्यावश्यक वस्तु तथा ढुवानी गर्ने मालबाहक सवारी साधनहरु

यी क्षेत्रका सवारी चलाउनेले अनिवार्य आफ्नो कर्मचारी परिचय पत्र साथमा लिएको हुनुपर्नेछ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मर्मतका लागि मध्यमस्र्याङ्दी आयोजना बन्द गरिँदै
मर्मतका लागि मध्यमस्र्याङ्दी आयोजना बन्द गरिँदै
नेपाली कांग्रेसले बागमती प्रदेश सभामुखमा दावी गर्ने निर्णय
नेपाली कांग्रेसले बागमती प्रदेश सभामुखमा दावी गर्ने निर्णय
अमेरिकी गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
अमेरिकी गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
दशैंको मुखमा ऋण खोज्न बाध्य हुँदै शिक्षक र विद्यालय कर्मचारी
दशैंको मुखमा ऋण खोज्न बाध्य हुँदै शिक्षक र विद्यालय कर्मचारी
आफ्नो जन्मदिनमा साम्राज्ञीले किन यसरी देखाइन् माझी औंला?  (भिडियोसहित)
आफ्नो जन्मदिनमा साम्राज्ञीले किन यसरी देखाइन् माझी औंला? (भिडियोसहित)
हावाहुरी वितण्डा : घाइतेहरु भोकभोकै रात गुजारे, उद्दारका लागि सुरक्षाकर्मी पुगे, अन्नबाली सोत्तर (अपडेट)
हावाहुरी वितण्डा : घाइतेहरु भोकभोकै रात गुजारे, उद्दारका लागि सुरक्षाकर्मी पुगे, अन्नबाली सोत्तर (अपडेट)
प्रदेशसभा सदस्य ओलीको निधन
प्रदेशसभा सदस्य ओलीको निधन
आज शहीद दिवस, शहीदको सम्झना गरी मनाइँदै
आज शहीद दिवस, शहीदको सम्झना गरी मनाइँदै
नदी किनारमा थप २० मिटर छोड्नुपर्ने फैसलाविरुद्ध पुनरावलोकनमा गयो सरकार
किम-पुटिन शिखरवार्ता: उत्तर कोरियाका नेता र रुसी राष्ट्रपतिबीच भेट
किम-पुटिन शिखरवार्ता: उत्तर कोरियाका नेता र रुसी राष्ट्रपतिबीच भेट