जेलमा दंगा हुँदा ५२ कैदीबन्दीको मृत्यु
सारांश
- ब्राजिलको जेलमा दंगा हुँदा ५२ जना कैदीबन्दीको मृत्यु भएको छ ।
- १३ साउनमा पाँच घन्टासम्म दुई कैदीबन्दी समूहबीच भएको ग्यांगफाइटका क्रममा उनीहरुको मृत्यु भएको हो ।
- पारा राज्यमा रहेको जेलमा एउटा ब्लकका कैदीबन्दीले अर्को ब्लकका कैदीबन्दीमाथि आक्रमण गरेका थिए ।
ब्राजिलको जेलमा दंगा हुँदा ५२ जना कैदीबन्दीको मृत्यु भएको छ । १३ साउनमा पाँच घन्टासम्म दुई कैदीबन्दी समूहबीच भएको ग्यांगफाइटका क्रममा उनीहरुको मृत्यु भएको हो । पारा राज्यमा रहेको जेलमा एउटा ब्लकका कैदीबन्दीले अर्को ब्लकका कैदीबन्दीमाथि आक्रमण गरेका थिए । जेलरहरुलाई नियन्त्रणमा लिएर आक्रमण भएको थियो ।
घटनामा शुरुमा १६ जनाको हत्या गरिएको थियो । त्यसपछि जेलमा आगो लगाइदिएका थिए । आगलागीले निसास्सिएर बाँकीको मृत्यु भएको थियो । जेलमा कुनैपनि सुरक्षाकर्मी र जेलरहरु घाइते भएका छैनन् । घटनाको उद्देश्य विपक्षी समूहमाथि आक्रमण गर्नु रहेको बुझिएको छ । ब्राजिलका टेलिभिजनहरुले जेलमा आगो लागेको दृश्य देखाएका थिए ।
जेलमा दुई सय जना क्षमता रहेपनि ३०९ जना कैदी राखिएका थिए । घटनाको पाँच घन्टापछि सुरक्षाकर्मी प्रवेश गरी जेलमा नियन्त्रण कायम राखेको थियो । त्यस क्रममा कैदीहरुले आत्मसमर्पण गरेका थिए । ब्राजिलको जेलमा बेला बेलामा दंगा र भिडन्त भइरहन्छ । यसैवर्षको मे महिनामा मानाउस जेलमा दंगा हुँदा ४० जना मारिएका थिए । ग्याङ बन्ने र एक अर्काबीच कुरा नमिल्ने भई आक्रमणका घटना भइरहन्छन् ।
यसकारण ओली सिंगापुर र प्रचण्ड दुबई जाँदै
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड साउन १८ गते आसपासमा देश बाहिर जाने भएका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर र अर्का अध्यक्ष प्रचण्ड भने पार्टीकै भेटघाटको सिलसिलामा दुवई जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार ओली यही साउन १८ गते सिंगापुर जाने तय भएको छ । पछिल्लो समय नेपालमै स्वास्थ्य परीक्षण गराईरहेका ओलीले नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने निधो गरेका हुन् ।
पार्टीका विभिन्न विभागको नेतृत्व चयन गर्ने भनेर आज डाकिएको सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओलीले आफ्नो सिंगापुर भ्रमणबारे जानकारी गराएका थिए । सोही कारण सचिवालयको अर्को बैठक साउन २८ गते बस्नेगरि स्थगित भएको हो ।
प्रतिक्रिया