सुनको मूल्यमा उच्च वृद्धिः बन्यो नयाँ रेकर्ड

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २२, २०७९
|
|
२३ पटक हेरिएको
Shares
सुनको मूल्यमा उच्च वृद्धिः बन्यो नयाँ रेकर्ड

सारांश

  • काठमाडौँ ।
  • सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
  • आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार पुगेर हालसम्मकै उच्च भएको छ ।

काठमाडौँ । सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार पुगेर हालसम्मकै उच्च भएको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु दुई हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यसअघि यही चैत ५ गते उक्त सुनको मूल्य उच्च रहँदै प्रतितोला रु एक लाख १० हजार पुगेको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार चार सय ५० छ । उक्त सुन अघिल्लो दिन रू एक लाख आठ हजार पाँचसयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु ४० ले बढेर रु एक हजार चार सय ४० पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । अन्तराष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असार २७ गते शुक्रबारको राशीफल यस्तो छ
नेपाली क्रिकेटले चाँडै नै निकास पाउनेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आशावादी
नेपाली क्रिकेटले चाँडै नै निकास पाउनेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आशावादी
उच्च अदालतका चार मुख्य न्यायाधीशले लिए सपथ
उच्च अदालतका चार मुख्य न्यायाधीशले लिए सपथ
मेघ गर्जन गराउने बादल विकसित भएपछि भारी वर्षाको सम्भावना
मेघ गर्जन गराउने बादल विकसित भएपछि भारी वर्षाको सम्भावना
सिमकोटमा हिमपातले जनजीवन प्रभावित
सिमकोटमा हिमपातले जनजीवन प्रभावित
मोदी काठमाडौं आइपुग्दा ग्रेटर नेपालका अध्यक्ष जेलमा
मोदी काठमाडौं आइपुग्दा ग्रेटर नेपालका अध्यक्ष जेलमा
भूमिसुधारका उपसचिव एक लाख घूससहित नियन्त्रणमा
भूमिसुधारका उपसचिव एक लाख घूससहित नियन्त्रणमा
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते
पोखरा लेखनाथ महानगरपालिकालाई साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने
पोखरा लेखनाथ महानगरपालिकालाई साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने
कांग्रेसमा केन्द्रीय समिति बैठक माग
कांग्रेसमा केन्द्रीय समिति बैठक माग

तपाईंले छुटाउनुभयो कि?