जेष्ठ नागरिकको भत्ता बढ्छः रक्षामन्त्री पोखरेल

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १५, २०७६
|
|
४१ पटक हेरिएको
Shares
जेष्ठ नागरिकको भत्ता बढ्छः रक्षामन्त्री पोखरेल

सारांश

  • भीमदत्तनगर, १५ वैशाख ।
  • उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताउनुभएको छ ।
  • आज कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान एवं रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक रु पाँच हजार पु¥याइने जानकारी दिनुभयो ।

भीमदत्तनगर, १५ वैशाख । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताउनुभएको छ । आज कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान एवं रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक रु पाँच हजार पु¥याइने जानकारी दिनुभयो ।

“ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य बीमा समेत गरिएको छ”, उहाँले भन्नुभयो, “सामाजिक सुरक्षाभत्ता सरकारले घटाउँदै छ भनेर गलत प्रचारबाजी गरिएको छ ।” उहाँले वर्तमान सरकार कानून र विशेष नीति निर्माणमा लागेको बताउँदै चालु वर्षमा समृद्धिको तस्बीर खडा गर्न सरकार लागि परेको धारणा राख्नुभयो ।

“हिजोका दिनमा सरकार मात्रै फेरिन्थ्यो”, मन्त्री पोखरेलले भन्नुभयो, “अहिले प्रणाली फेरिएको छ ।” उहाँले कृषि, जलस्रोत, उद्योग स्थापना र पर्यटनको विकास नै समृद्धिको मुख्य आधार भएको बताउनुभयो । “जनप्रतिनिधिले जनताको मन बुझेर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “जनताको निगरानीमा रहेर काम गर्नुपर्ने बेला आएको छ ।” कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र र दैजी–जोगबुढा सडक निर्माणका विषयमा आफूले पहल गर्ने उहाँले वचनसमेत दिनुभएको छ ।

भू–उपयोग नीति बदल्न आवश्यक रहेको बताउँदै उहाँले अधिकार स्थानीय तहसम्म आइसकेकाले हरेक विषयमा केन्द्रसित मुख ताक्नुभन्दा पनि अहिले पाएको अधिकार बमोजिम काम गर्न जोड दिनुभयो ।

नगरसभासँगै मन्त्री पोखरेलले नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्नुभयो । सोही कार्यक्रममा कञ्चनपुरका स्व पत्रकार कर्ण बोहराको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कारबाट यहाँस्थित अपि टुडे दैनिकका सम्पादक सुरेश धामीलाई सम्मान गरिएको छ ।

त्यसैगरी केही दिनअघि सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा कुस्तीतर्फ स्वर्ण पदक विजेता वेदकोटकै स्थानीय मनिषा सिंहलाई पनि नगदसहित सम्मान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवी लामिछानेसँग भरखरै विवाह गरेकी निकिता पौडेललाई अख्तियार पत्र काट्ने तयारीमा
रवी लामिछानेसँग भरखरै विवाह गरेकी निकिता पौडेललाई अख्तियार पत्र काट्ने तयारीमा
स्वास्थ्य मन्त्री र राज्यमन्त्रीबीच कार्यविभाजन, विशिष्ठीकृत अस्पतालको अनुगमन केसीले गर्ने
स्वास्थ्य मन्त्री र राज्यमन्त्रीबीच कार्यविभाजन, विशिष्ठीकृत अस्पतालको अनुगमन केसीले गर्ने
स्थानीय प्रतिनिधिलाई राजीनामा दिन विप्लव समूहकाे धम्की
स्थानीय प्रतिनिधिलाई राजीनामा दिन विप्लव समूहकाे धम्की
अष्ट्रेलियामा बुद्धको जन्मस्थल लुम्बिनीको माटोलाई विशेष शोकेसमा सजाएर राखिने
अष्ट्रेलियामा बुद्धको जन्मस्थल लुम्बिनीको माटोलाई विशेष शोकेसमा सजाएर राखिने
देउवाले यसरी जोगाए किल्ला
देउवाले यसरी जोगाए किल्ला
कोका कोलाको रु.४० को जिग्री प्याक सार्वजनिक
कोका कोलाको रु.४० को जिग्री प्याक सार्वजनिक
कविता : सबैको शहर बूढानीलकण्ठ नगर,  उत्कृष्ट बनाउने हाम्रो रहर
कविता : सबैको शहर बूढानीलकण्ठ नगर, उत्कृष्ट बनाउने हाम्रो रहर
सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत
सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत
माओवादी केन्द्रसँग एकता गर्न बाबुरामलाई दवाव
माओवादी केन्द्रसँग एकता गर्न बाबुरामलाई दवाव
सांसद दसौंदीद्वारा पद तथा गोपनीयताको शपथ
सांसद दसौंदीद्वारा पद तथा गोपनीयताको शपथ

तपाईंले छुटाउनुभयो कि?