दसैं र तिहारका लागि काठमाडौं प्रहरीको २१ बुदेँ अपिल, पढ्नुहोस्

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
१९ पटक हेरिएको
Shares
दसैं र तिहारका लागि काठमाडौं प्रहरीको २१ बुदेँ अपिल, पढ्नुहोस्

सारांश

  • काठमाडौं ।
  •  दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी काठमाडौं प्रहरी परिसरले विशेष योजना लागु गरेको छ ।
  • चाडबाडका बेला हुन सक्ने सम्भावित घटनाहरुलाई न्युनिकरणका लागि विशेष सुरक्षा योजना लागु गरेको एसएसपी रबिन्द्र बहादुर धानुकले जानकारी दिए ।

काठमाडौं । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी काठमाडौं प्रहरी परिसरले विशेष योजना लागु गरेको छ । चाडबाडका बेला हुन सक्ने सम्भावित घटनाहरुलाई न्युनिकरणका लागि विशेष सुरक्षा योजना लागु गरेको एसएसपी रबिन्द्र बहादुर धानुकले जानकारी दिए ।

दसैं मान्नका लागि धेरै जसो मानिसहरु घर गएको बेला धेरै चोरी हुदैँ आएको छ । चाडबाडका बेला सुरक्षा दिन काठमाडौं प्रहरीले २१ बुदेँ अपिल गरेको छ । डेरामा बसेका व्यक्तिको नाम र घरमा काम गर्ने व्यक्तीको नाम, थर र फोटोसहितको विवरण राख्न प्रहरीले घरधनीहरुसँग आग्रह गरेको छ ।

रातको समयमा हो हल्ला नगर्न र शंकास्पद व्यक्तिहरुको गतिविधि भए प्रहरीमा खबर गर्न प्रहरीले भनेको छ। जुवा, तास, ढुकुटी नखेल्न, नखेलाउन र खेल्नेहरु देखे खबर गर्न, नौलो मान्छे बारम्बार देखे सोधपुछ गर्न प्रहरीले सबैलाई भनेको छ ।

छतमा चढेर यात्रा नगर्न, अपरिचित ब्यक्तिले दिएको खाना नखान पनि प्रहरीले आग्रह गरेको छ। रातको समयमा कसैले ढोका ढकढक्याए नचिनिकन खोल्न नहुने, घर टोलमा रातको समयको लागि बत्तीको व्यवस्था तथा साइरन राख्न सुझाव दिदैँ प्रहरीले बैंकमा मोटो रकम झिक्न र राख्न जादाँ विश्वासिलो मान्छे लिएर जान आग्रह गरेको छ ।

सार्वजनिक स्थानमा हिडँदा सुनको गहना प्रयोग नगर्न, बढी रकम नबोक्न, धम्कीपूर्ण फोन आए रेर्कड गरेर राख्न पनि प्रहरीले भनेको छ । रातीको समयमा घरको गेट, ढोकाको चुकुल, कब्जा राम्रोसँग बन्द गरी ताल्चा लगाउन प्रहरीले सबैसँग आग्रह गरेको छ ।

लामो समयका लागि घर जान लागेको खण्डमा विश्वासिलो मानिसलाई घर जिम्मा दिने वा प्रहरीलाई खबर गर्न उसले भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?