१० हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा
सारांश
- काठमाडौं ।
- एक रुपियाँ घुस खानु पनि भ्रष्टाचार हो, भन्ने नीतिलाई अंगिकार गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्न थालेको छ ।
- अख्तियारले वन कार्यालय भजनी कैलालीका फरेष्टर हरिशचन्द्र कुमार विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको ।
काठमाडौं । एक रुपियाँ घुस खानु पनि भ्रष्टाचार हो, भन्ने नीतिलाई अंगिकार गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्न थालेको छ । अख्तियारले वन कार्यालय भजनी कैलालीका फरेष्टर हरिशचन्द्र कुमार विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको ।
कुमारलाई १० हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै माग दाबी सहित मुद्दा दर्ता गरेको हो । उनले सामुदायिक वन उपभोक्ता समितिका सदस्यलाई सामुदायिक वनक्षेत्रबाट काठ, दाउरा उपलब्ध गराउन सहज वातावरण मिलाइदिने बहानामा घुस मागेका थिए ।
घुस लिने क्रममा अख्तियारले फेला पारेको थियो । फरेष्टर हरिशचन्द्र कुमारलाई सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया