ज्ञानेन्द्रका कर्म र गिरिजाको आँटले शान्ति प्रक्रिया सम्भव : प्रचण्ड
सारांश
- काठमाडौं ।
- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहका कर्म र गिरिजाप्रसाद कोइराजाको आँटले शान्ति प्रक्रियालाई मौका दिएको बताएका छन् ।
- अध्यक्ष दाहालले संघर्षका बेला शान्ति प्रक्रियाको क्रममा सेना समायोजन सही भएको बताएका छन् ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहका कर्म र गिरिजाप्रसाद कोइराजाको आँटले शान्ति प्रक्रियालाई मौका दिएको बताएका छन् । अध्यक्ष दाहालले संघर्षका बेला शान्ति प्रक्रियाको क्रममा सेना समायोजन सही भएको बताएका छन् ।
उनले शान्ति प्रक्रियाको जस गिरिजालाई दिएका छन् । पुस्तक ‘अवतरण’को विमोचनमा बोल्दै प्रचण्डले गिरिजाप्रसाद कोइलालाको आँटले शान्ति प्रक्रिया अगाडि बढेको सम्झिए ।
शान्ति प्रक्रियाका बेला र त्यसअघि केही त्रुटी गरेको स्वीकार समेत गरेका छन् । ‘गिरिजाप्रसादलाई नै राष्ट्रपति बनाउनुपर्ने थियो त्यो त्रुटि भएकै हो’ प्रचण्डले भने ।
‘कम्युनिस्टसँगको एकता र शान्ति पक्रियाका बेला क्यान्टोनमेन्टमा सेना पठाउने निर्णय ठीक समयको ठीक निर्णय थियो,‘ उनले भने ।
आफूहरु संघर्षका बेला शान्ति प्रक्रियामा नगई सम्भव छैन भनेर पर्खिरहेको बेला ज्ञानेन्द्रको कर्मले मौका दिएको बताए ।
उनले नेपालको शान्ति प्रक्रियाका विषयमा पुस्तक लेख्ने बताएका छन् । अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र आफूले माओवादी आन्दोलनदेखि नेपालको शान्ति प्रक्रिया विषयमा पुस्तक नलेखेसम्म पूर्णरुपमा नबुझिने बताए।
माओवादी आन्दोलनदेखि पार्टी एकतासम्मका विषयमा केपी जीले र मैले एउटा पुस्तक नलेखेसम्म अरुलाई थाहा नहुने बताए ।
प्रतिक्रिया