ज्ञानेन्द्र मल्लकाे लिस्ट ‘ए’मा १ हजार रन पूरा(LIVE)

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
ज्ञानेन्द्र मल्लकाे लिस्ट ‘ए’मा १ हजार रन पूरा(LIVE)

सारांश

  • काठमाडौं,१३ भदाै ।
  •  नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले लिस्ट ‘ए’ मा १ हजार रन पूरा गरेका छन् ।
  • उनले बुधबार ओमानविरूद्ध ३२ रन पुरा गरेसँगै लिस्ट ‘ए’ मा ४० खेलबाट १ हजार रन पूरा गरेका हुन्।

काठमाडौं,१३ भदाै । नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले लिस्ट ‘ए’ मा १ हजार रन पूरा गरेका छन् । उनले बुधबार ओमानविरूद्ध ३२ रन पुरा गरेसँगै लिस्ट ‘ए’ मा ४० खेलबाट १ हजार रन पूरा गरेका हुन्।

बुधबारको ओमान विरुद्धको खेलमा मल्ल ४५ रन बनाएर आउट भए । उनले ६० बलको सामना गरे । जसमा उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए । एसिया कपको छनोटका लागि अहिले नेपालले ओमानविरुद्ध खेलिरहेको छ । यो समाचार तया पार्दासम्म नेपालले ४ विकेट गुमाउँदै ४० ओभरको खेल सकिदा १३४ रन बनाएको छ ।

नेपाल र ओमान डिभिजन स्तरका प्रतिद्धन्द्धी हुन् । सात महिना अगाडि नेपाल डिभिजन टु मा रेलिगेसनमा पर्दा ओमानले पनि त्यो प्रतियोगिता खेलेको थियो । अहिलेसम्म यी दुई टिम ५ पटक खेलेका छन् । जसमा नेपालले ३ खेल जिते पनि पछिल्लो ५ वर्षयता ओमानविरुद्ध जित निकाल्न सकेको छैन ।

सन् २००२ को एसीसी ट्रफीमा नेपालले ओमानलाई १०५ रनले हराएको थियो । त्यसको आठ वर्षपछि खेल्दा नेपाल ६ विकेटले विजयी भएको थियो । अन्तिम पटक नेपालले ओमानविरुद्ध २०१३ को डिभिजन थ्रीमा जित निकालेको थियो । त्यसपछिका दुई भिडन्तमा नेपाल पराजित भएको छ । जसमा २०१४ को एसीसी प्रिमियर लिगमा २ विकेटको जित निकाल्दा २०१८ को डिभिजन टू मा ओमानले ६ विकेटको जित हासिल गरेको थियो ।

https://youtu.be/0RCQpNLiA3Y

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?