मुख्यसचिव लोकदर्शन रेग्मी विदा बस्दा किन यस्ता यस्ता हल्ला चले ?
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विशेष समारोहमा सहभागी हुन युरोप भ्रमणमा २०७६ जेठ २५ गते निस्केसंगै मुख्यसचिब लोकदर्शन रेग्मी विदा बसेका छन् ।
- मुख्यसचिब लोकदर्शन रेग्मी विदा बसेपछि निजामती कर्मचारी क्षेत्रमा अनेक हल्ला चलेको छ।
- मुख्य सचिब राजदूत हुने भए, मुख्य सचिब पदवाट हटाइए, आदि हल्ला सुरु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओली अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विशेष समारोहमा सहभागी हुन युरोप भ्रमणमा २०७६ जेठ २५ गते निस्केसंगै मुख्यसचिब लोकदर्शन रेग्मी विदा बसेका छन् । मुख्यसचिब लोकदर्शन रेग्मी विदा बसेपछि निजामती कर्मचारी क्षेत्रमा अनेक हल्ला चलेको छ। मुख्य सचिब राजदूत हुने भए, मुख्य सचिब पदवाट हटाइए, आदि हल्ला सुरु भयो । शुक्रवार आधा दिन विदा, जेठ २५ गते शनिवार र जेठ २६ गते आइतबार भोटो देखाउने जात्राको सार्वजनिक विदा परेकाले मुख्यसचिव रेग्मी बारेमा अनेक हल्ला चले ।
स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहेको बेलामा मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालयमा खासै काम नहुने भएकाले मुख्यसचिब लोकदर्शन रेग्मी जेठ २७ गतेबाट विदा लिएर आफ्नो पुर्खौली घर स्यांजा गएको थाहा भएको छ।
शेरबहादुर देउवा प्रधानमंत्री हुँदा तीन वर्षे कार्यकालका लागि कात्तिक ८ गते २०७४ बाट मुख्यसचिबको कार्यभार सम्हालेका लोकदर्शन रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत खुसी पार्न सफल भएकाले प्रधानमन्त्री ओलीले मुख्यसचिब रेग्मीको कार्यकाल अझै डेढ बाँकी रहेका कि अर्को महत्वपूर्ण जिम्मेवारी दिएर विदा गर्ने कि मुख्यसचिब रेग्मीलाई कायम राख्ने भन्ने मनस्थितिमा प्रधानमन्त्री ओलीले रहेको बताइन्छ । ’’अहिले मुख्यसचिब रेग्मीका ग्रहदशा बलिया रहेकाले कसैले पनि उनको रौँ पनि हल्लाउन सक्दैन’’ उनी निकट कर्मचारी स्रोतले भन्यो । साँघुन्यूजबाट
प्रतिक्रिया