यसकारण चीनीयाँ राष्ट्रपतिले गरे नेपालको खुलेर प्रशंसा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ६, २०७५
|
|
३० पटक हेरिएको
Shares
यसकारण चीनीयाँ राष्ट्रपतिले गरे नेपालको खुलेर प्रशंसा

सारांश

  • बेईजिङ, ६ चीन ।
  • ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनीयाँ राष्ट्रपति सि जिनपिङबीच अहिले एक्लाएक्लै भेटवार्ता सम्पन्न भएको छ ।
  • ओली र राष्ट्रपति सी जिनफिङबीच आज बुधबार बेइजिङको सरकारी अड्डा ग्रेट हल हफ द पीपुलमा भेटवार्ता भएको हो ।

बेईजिङ, ६ चीन । ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनीयाँ राष्ट्रपति सि जिनपिङबीच अहिले एक्लाएक्लै भेटवार्ता सम्पन्न भएको छ ।

ओली र राष्ट्रपति सी जिनफिङबीच आज बुधबार बेइजिङको सरकारी अड्डा ग्रेट हल हफ द पीपुलमा भेटवार्ता भएको हो । उनीहरुबीच भएको एक्लाएक्लै भेटवार्तामा चीनीयाँ राष्ट्रपतिले चीनको एक चीन नीतिप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेकोमा नेपालको खुलेर प्रशंसा समेत गरेका छन् ।

ओली र जिनपिङबीच करिब आधा घण्टा भेटवार्ता भएको थियो । बेईजीङमा रहेका पत्रकार ऋषि धमलाले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली र चीनीयाँ राष्ट्रपति सिबीच आज नेपाल–चीन द्धिपक्षीय हितबारे खुलेर कुराकानी भएको थियो ।

भेटमा नेपाल–चीन द्धिपक्षीय सम्बन्ध र आर्थिक समृद्धिमा साझेदारीबारे छलफल समेत भएको थियो । नेपालको समृद्धिको लागि सक्दो सहयोग गर्ने विश्वास चीनीयाँ राष्ट्रपतिले दिलाएका छन् । नेपालमा लगानी बढाउन चीनीयाँ राष्ट्रपति सकारात्मक पाईएको नेपाली पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?