ज्याकलिनले नेपाललगायत अन्य देशमा यात्राका लागि अदालतसँग मागिन् अनुमति
सारांश
- हिन्दी फिल्मकी अभिनेत्री ज्याकलिन फर्नान्डिजले बुधबार दिल्लीको पटियाला अदालतमा १५ दिनका लागि विदेश जान अनुमति माग्दै निवेदन दिएकी छिन् ।
- बीबीसी हिन्दीसँगको कुराकानीमा फर्नान्डिसका वकिल अजित सिंहले ज्याकलिन फर्नान्डिसलाई धेरै कामका कारण अबुधाबी, नेपाल र फ्रान्स जान आवश्यक रहेको बताए ।
- त्यसमध्येको एउटा कारण हो, आइफा अवार्ड ।
हिन्दी फिल्मकी अभिनेत्री ज्याकलिन फर्नान्डिजले बुधबार दिल्लीको पटियाला अदालतमा १५ दिनका लागि विदेश जान अनुमति माग्दै निवेदन दिएकी छिन् ।
बीबीसी हिन्दीसँगको कुराकानीमा फर्नान्डिसका वकिल अजित सिंहले ज्याकलिन फर्नान्डिसलाई धेरै कामका कारण अबुधाबी, नेपाल र फ्रान्स जान आवश्यक रहेको बताए । त्यसमध्येको एउटा कारण हो, आइफा अवार्ड ।
अजित सिंहले बीबीसीलाई भने, ‘वर्तमान मुद्दाको तथ्य र परिस्थितिलाई ध्यानमा राख्दै यो निवेदन दायर गरिएको हो । हामीले निवेदकलाई राहदानी फिर्ता दिन पनि माग गरेका छौं ।’
ज्याकलिन फर्नान्डेज भारतकी नभई श्रीलंकाकी नागरिक हुन् र उनी सन् २००९ देखि भारतमा बसेर बलिउडका लागि काम गरिरहेकी छिन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया