ज्यान मुद्दामा सर्वस्व जन्मकैद फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ !
सारांश
- काठमाडौं– प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित अन्यविरुद्ध अवहेलना मुद्दा दर्ता भएको एक हप्ता नबित्दै फरार अभियुक्त बालकृष्ण ढुंगेल पक्राउ परेका छन्।
- उनलाई आज बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललितपुर पाटनबाट पक्राउ गरेको हो।
- ज्यान मुद्दामा सर्वस्व जन्मकैद फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले दिएको वारेन्ट नोटिसको आदेश पालना नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित अन्यविरुद्ध गत कात्तिक ७ गते अवहेलना मुद्दा दर्ता भएको थियो।
काठमाडौं– प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित अन्यविरुद्ध अवहेलना मुद्दा दर्ता भएको एक हप्ता नबित्दै फरार अभियुक्त बालकृष्ण ढुंगेल पक्राउ परेका छन्।
उनलाई आज बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललितपुर पाटनबाट पक्राउ गरेको हो।
ज्यान मुद्दामा सर्वस्व जन्मकैद फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले दिएको वारेन्ट नोटिसको आदेश पालना नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित अन्यविरुद्ध गत कात्तिक ७ गते अवहेलना मुद्दा दर्ता भएको थियो।
अधिवक्ता दिनेश त्रिपाठीले त्यसअघि सात दिनभित्र पक्राउ गर्नु भनी जारी भएको आदेशको कार्यान्वयन नभएपछि मंगलबार उनैले अवहेलना निवेदन दर्ता गराएका थिए।
२०७४ बैसाख १ गते त्रिपाठीले नै दायर गरेको निवेदनमा सर्वोच्चले ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न वारेन्ट नोटिस जारी गरेको थियो। तर, त्यसपछि प्रहरीले उनी नेपालमै नरहेको दाबी गर्दै सर्वोच्चमा प्रत्येक महिना अनुसन्धान प्रतिवेदन बुझाउने गरेको थियो।
ढुंगेल भने केन्द्रीय नेता र सांसदहरुसँग रहेको समाचार सार्वजनिक भएको थियो। उनी केही दिनपहिले नयाँ बानेश्वरमा ओखलढुंगाको टिकट वितरणमा एमाले नेतासँग देखिएका थिए !
न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले हत्या अभियोगमा दोषी ठहर भएका ढुंगेलले सार्वजनिक अभिनन्दन लिँदै हिँडेको र अदालतको फैसलालाई चुनौती दिएको भन्दै उनलाई एक साताभित्र पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो।
‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, पीडित तथा समाजका निम्ति खतरा बनिरहेका ढुंगेललाई सात दिनभित्र पक्राउ गरी जानकारी गराउनू,’ प्रहरी महानिरीक्षकका नाममा जारी भएको आदेशमा भनिएको थियो।
सर्वोच्चले मिति तोकेरै ढुंगेललाई पक्राउ गर्न आदेश दिएकाले कार्यान्वयन हुन सकेको थिएन।
पछिल्लोपटक २०७३ फागुन ३० गते ढुंगेललाई गृहजिल्ला ओखलढुंगामा क्रियाशील माओवादी सम्बद्ध दलले नागरिक अभिनन्दन गरेका थिए। नयाँ शक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीले संयुक्त रुपमा ढुंगेललाई अभिनन्दन गरेका थिए।
२०६१ मा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो।
प्रतिक्रिया