युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?
सारांश
- काठमाडौ ।
- स्मार्टफोनको दुनियांमा आफनो छुट्टै पहिचान बनाउन सफल युलिफोनका स्मार्टफोनहरु अब नेपाली बजारमा समेत पाईने भएको छ ।
- युरोप र भारतमा रुचाईएका नयां सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा भित्रिएको हो ।
काठमाडौ । स्मार्टफोनको दुनियांमा आफनो छुट्टै पहिचान बनाउन सफल युलिफोनका स्मार्टफोनहरु अब नेपाली बजारमा समेत पाईने भएको छ । युरोप र भारतमा रुचाईएका नयां सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा भित्रिएको हो । नेपालको लागि आधिकारिक विक्रेता अदिति ट्रेडलिंक प्रा.लीले युलिफोनका स्मार्ट फोनहरु नेपाली बजारमा ल्याएको हो । नेपालीहरुको स्मार्ट फोन प्रतिको बढ्दो आकर्षण र युलिफोनको स्मार्ट फोनहरु रिजनेवल र नेपालीले अफोर्ड गर्ने खालको भएकोले नेपाली बजारमा भित्रयाएको अदिति ट्रेडलिंक प्रा.लीका प्रवन्ध निर्देशक उमेश अधिकारीले बताए ।
प्रवन्ध निर्देशक अधिकारीका अनुसार सवै खालका ग्राहकलाई लक्षित गरि हाललाई युनिफोनका चार मोडलका स्मार्टफोन ल्याएको जानकारी दिए । युलिफोनका स्मार्टफोनहरु नेपाली बजार मूल्य ७ हजार देखि २२ हजार सम्म रहेको छ । यी सवै स्मार्टफोनहरुमा ड्युअल क्यामरा, अटो क्यामरा र फ्रन्ट फ्लास र एच डी डिस्प्ले रहेका छन् । व्याट्री टिकाउ हुने युलिफोनका मुख्य विशेषता हो ।
अहिले बजारमा निकै चर्चामा रहेको युलिफोनको नेपालको अधिकारिक बिक्रेता अदिती ट्रेडिङ्ले काठमाडौं र काठमाडौं बाहिरका जिल्ला , शहरहरुमा बिक्रेता र डिलरहरु चहिएको पनि जनाएको छ । डिलर र मोबाईलको बारे अरु जानकारीको लागि सम्पर्क न ९८०११३०६७७ .
Ulefone MIX 8 Specifications
| performance | Octa core |
| display | 5.5″ (13.97 cm) |
| storage | 64 GB |
| camera | 13 MP |
| battery | 3300 mAh |
| ram | 4 GB |
http://ulefone.com/products/mix/features.html
भिडियो लिन्क
यो फोन को जम्मा मुल्य २५ हजार नेपाली रुपया मात्र पर्ने अदिती ट्रडिङ्ले जनाएको छ !
















प्रतिक्रिया