सुत्केरीलाई यातायात खर्च

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
५२ पटक हेरिएको
Shares
सुत्केरीलाई यातायात खर्च

सारांश

  • काभ्रेपलाञ्चोक, १७ फागुन ।
  • नमोबुद्ध नगरपालिका–४ वडा कर्यालयले आफ्ना वडाका गर्भवती महिलालाई सुत्केरी हुन अस्पताल जाने यातायात खर्च दिने निर्णय गरेको छ ।
  • गर्भवती महिलालाई अस्पतालमा गई सुरक्षित सुत्केरी हुन पे्ररित गर्ने उद्देश्यले यातायात खर्च दिने निर्णय गरिएको वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले बताउनुभयो ।

काभ्रेपलाञ्चोक, १७ फागुन । नमोबुद्ध नगरपालिका–४ वडा कर्यालयले आफ्ना वडाका गर्भवती महिलालाई सुत्केरी हुन अस्पताल जाने यातायात खर्च दिने निर्णय गरेको छ ।

गर्भवती महिलालाई अस्पतालमा गई सुरक्षित सुत्केरी हुन पे्ररित गर्ने उद्देश्यले यातायात खर्च दिने निर्णय गरिएको वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्भवती महिलाले अस्पतालमा शिशुलाई जन्म दिँदा आमा र बच्चा दुवैको जोखिम न्यून हुन्छ, त्यसैले अब सुरक्षित सुत्केरी हुन अस्पताल जाने यातायात खर्च दिन्छौँ ।”

वडाले गर्भवती महिलाले चाहेको जुनसुकै अस्पताल जाँदाको एम्बुलेन्स वा एम्बुलेन्ससरहको भाडा दिने निर्णय गरेको हो । यसका लागि वडाले हाल रु एक लाख ५० हजारको कोष बनाएको छ ।

नगरपालिका स्वास्थ्य समितिका संयोजकसमेत रहनुभएका वडाध्यक्ष काफ्लेले आउँदो आर्थिक वर्ष नगरका अन्य सबै वडामा सुरक्षित सुत्केरी कोष निर्माण गरी सुत्केरी महिलालाई यातायात खर्च दिने योजना बनाइएको बताउनुभयो ।

यसअघि गत पुसमा खानीखोला गाउँपालिका–७ वडाले चौकीमा नियमित गर्भवती स्वास्थ्य परीक्षण गरी सुरक्षित शिशु जन्माउने महिलालाई उनको नवजात शिशु तेल मालिसले स्वस्थ होस् भन्ने उद्देश्यले दुई लिटर तोरीको तेल उपहार दिने निर्णय गरेको थियो । विकट भौगोलिक अवस्थाका कारण धामीझाँक्रीको विश्वास गर्दा महिलाले अकालमै मृत्युवरण गर्नुपर्ने अवस्था घटाउन र बाल मृत्युदर घटाउन ‘सुत्केरी उपहार’ कार्यक्रम शुरु गरेको वडाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा वर्षासँगै हुरी चल्ने पूर्वानुमान
मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा वर्षासँगै हुरी चल्ने पूर्वानुमान
प्रहरीबाटै महिला असुरक्षित भन्दै ओखलढुंगामा चौकी घेराउ
प्रहरीबाटै महिला असुरक्षित भन्दै ओखलढुंगामा चौकी घेराउ
एमालेले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार, अधिकाशं नयाँ अनुहार (नामावलीसहित)
पाटेबाघले मार्‍यो आधा दर्जन पशुचौपाया
पाटेबाघले मार्‍यो आधा दर्जन पशुचौपाया
जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि उन्मुक्ति पाउन चलखेल
जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि उन्मुक्ति पाउन चलखेल
प्रधानमन्त्री ओलीले यतिसम्म भने पूर्वराजा शाहलाई !
प्रधानमन्त्री ओलीले यतिसम्म भने पूर्वराजा शाहलाई !
टूर घोषण गरेलगत्तै ट्रेन्डिङमा गायक जस्टिन बिबर
टूर घोषण गरेलगत्तै ट्रेन्डिङमा गायक जस्टिन बिबर
अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ
अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ
कृषि विकासका लागि रु ३३ अर्ब ३० करोड देखाउन राखेको हो कि विकास गर्न ?”
कृषि विकासका लागि रु ३३ अर्ब ३० करोड देखाउन राखेको हो कि विकास गर्न ?”
गठबन्धन तोडेको औचित्य पुष्टि गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल असफल