मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सारांश

  • काठमाडौं – सिरहा र सप्तरीमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
  • को धनगढीमाई नगरपालिका–११ छप्रारीस्थित सडकमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
  • छप्रारीस्थित सडकमा स ४ प ४३७५ र ज ७ प १४१२ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा स ४ प ४३७५ नंको मोटरसाइकलमा सवार ३७ वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौं – सिरहा र सप्तरीमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । को धनगढीमाई नगरपालिका–११ छप्रारीस्थित सडकमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

छप्रारीस्थित सडकमा स ४ प ४३७५ र ज ७ प १४१२ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा स ४ प ४३७५ नंको मोटरसाइकलमा सवार ३७ वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुवै मोटरसाइकलमा सवार चारजना घाइते भएको र तीमध्ये गम्भीर घाइते चौधरीलाई उपचारका लागि लहानतर्फ ल्याउने क्रममा उहाँको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घाइते तीनजनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ विसनपुर चोकमा ना ५ ख ४८१७ नंको बसले बा ७० प ८०९२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरीको शम्भुनाथ नगरपालिका–२ निवासी ३५ वर्षीय रुपेश चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते चौधरीको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?