महोत्तरी : औरही नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा राजपा विजयी
सारांश
- महोत्तरी, असोज ६ – महोत्तरीको औरही नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा राष्ट्रिय जनता पार्टी राजपा विजयी भएको छ ।
- मेयरमा कांग्रेसका सुनिलकुमार यादव ३ हजार १ सय ५९ मतसहित विजयी हुनुभएको छ ।
- उहाँका प्रतिस्पर्धी राजपाका शंकर यादवले २ हजार ७ सय ११ मत प्राप्त गर्नुभयो ।
महोत्तरी, असोज ६ – महोत्तरीको औरही नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा राष्ट्रिय जनता पार्टी राजपा विजयी भएको छ ।
मेयरमा कांग्रेसका सुनिलकुमार यादव ३ हजार १ सय ५९ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी राजपाका शंकर यादवले २ हजार ७ सय ११ मत प्राप्त गर्नुभयो ।
यस्तै उपमेयरमा भने राजपाकी रेणु झा विजयी हुनुभएको हो । उहाँले ३ हजार २ सय ५५ मत प्राप्त गर्नुभयो । उहाँकी प्रतिस्पर्धी कांग्रेसकी रेणु यादवले २ हजार ९ सय ५९ मत प्राप्त गर्नुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया