वामदेवले मागे प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०८१
|
|
५६ पटक हेरिएको
Shares
वामदेवले मागे प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा मागेका छन्।
  • शुक्रबार फोन गरेर नै गौतमले ओलीको राजीनामा मागेका हुन्।

काठमाडौं। राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा मागेका छन्। शुक्रबार फोन गरेर नै गौतमले ओलीको राजीनामा मागेका हुन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले गौतमले फोन गरेर आफ्नो राजीनामा मागेको जानकारी गराएका हुन्।

अa म बुढो पनि भइसकेँ जे सुकै भएपनि मलाई केही छैन, त्यसकारण म कुरा भन्दैछु। मेरै स्वरमा छ। अब केपी ओलीले प्रधानमन्त्रीबाट पनि राजीनामा गर्नुपर्छ, पार्टी अध्यक्षबाट पनि गर्नुपर्छ, यस्तो भनेर बस्न पाइन्छ ? भन्देऊ तिम्रो ठुलो बालाई भनेर कुरा मसँग गर्दै हुनुहुन्थ्यो तर राजेश भनेर’, ओलीले भने।

गौतमले प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव राजेश बज्रचार्यलाई फोन गरेका थिए । तर,फोन ओलीले नै उठाएका थिए । ओलीको स्वर नचिनि गौतमले एकोहोरो आफ्नो कुरा राखेका थिए । अन्तिममा राजीनामा मागेपछि आफूले पनि हवस भनेको ओलीले बताए ।

‘प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देउ, अध्यक्षबाट पनि राजीनामा गर्न भन्देउ । यस्तो भनेर पड्किनुभो । हस हजुर भनेँ । अब के भन्नु । हस म भन्दिउँला भनेँ । फोन राखेँ’ओलीले भने ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    gratis binance-konto

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.com/futures/ref?code=IXBIAFVY

    Comment Author

    “oppna ett binance-konto

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.bh/vi/register?ref=MFN0EVO1

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?