झुण्डिएर आत्महत्या गरेको नौ महिनापछि कंकाल भेटिएपछि…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
२४ पटक हेरिएको
Shares
झुण्डिएर आत्महत्या गरेको नौ महिनापछि कंकाल भेटिएपछि…

सारांश

  • तेह्रथुम, १६ माघ ।
  • तेह्रथुममा बेपत्ता भएको नौ महिनापछि एक व्यक्तिको कंकाल भेटिएको छ ।
  • म्याङलुङ नगरपालिका–९, साब्लाका ६८ वर्षीय पदमबहादुर लिम्बूको झुण्डिएर आत्महत्या गरेको अवस्थामा म्याङलुङ नगरपालिका–६ स्थित पात्लेचौर सामुदायिक बनको जंगलमा कंकाल भेटिएको हो ।

तेह्रथुम, १६ माघ । तेह्रथुममा बेपत्ता भएको नौ महिनापछि एक व्यक्तिको कंकाल भेटिएको छ ।

म्याङलुङ नगरपालिका–९, साब्लाका ६८ वर्षीय पदमबहादुर लिम्बूको झुण्डिएर आत्महत्या गरेको अवस्थामा म्याङलुङ नगरपालिका–६ स्थित पात्लेचौर सामुदायिक बनको जंगलमा कंकाल भेटिएको हो ।

जंगलमा पात्लेको रुखमा झुण्डिएर आत्महत्या गरेका लिम्बूको एउटा नली खुट्टाको हड्डी र टाउकोको कंकाल मात्रै भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक वासुदेव यादवले बताए ।

लिम्बू झुण्डिएको पात्लेको हाँगासमेत लाछिएर भुइँमा झरेको अवस्थामा डोरीसहित कंकाल भेटिएको र कंकालसँगै रहेको कमिज, चप्पल र ज्याकेट तथा ज्याकेटको गोजीमा रहेको लिम्बूको नागरिकताको आधारमा परिचय खुलेको घटनास्थलमा पुगेका प्रहरी नायब निरीक्षक केशर खत्रीले बताए । नागरिकता भने प्लाष्टिकमा पोको पारिएकाले जस्ताको त्यस्तै भेटिएको छ ।

सोमबार साँझ स्थानीयले कंकाल भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । सोबारे आज बिहानै घटनास्थल पुगेर प्रहरीले थप अनुसन्धान तथा प्रक्रिया पु¥याई कंकाल परिवारलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको निमित्त प्रहरी प्रमुख यादवले बताए ।

लिम्बू गएको वैशाख महिनादेखि बेपत्ता थिए । परिवारले वैशाखमा बेपत्ता भएको उजुरी प्रहरीमा गरेको थियो । उनको नागरिकतासहित कंकाल भेटिएको साथै छोरा शान्त लिम्बूले बाबुले लगाएको कमिज र चप्पलको आधारमा चिनेकाले लिम्बूको पहिचान प्रष्ट भएको हो । लिम्बू मानसिक रुपमा समेत रोगी रहेको परिवारले बताएको छ ।

(www.speedclean.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?