देवता रिसाउने डरले गाउँमा मदिरा निषेध

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २१, २०७७
|
|
३९ पटक हेरिएको
Shares
देवता रिसाउने डरले गाउँमा मदिरा निषेध

सारांश

  • जाजरकोट,कार्तिक २१ ।
  • देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ ।
  • डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो ।

जाजरकोट,कार्तिक २१ । देवताप्रति आस्थाका कारण डोल्पाको एक गाउँ नै मदिरा शून्य भएको छ ।

डोल्पाको मुड्केचुला गाउँपालिका–६ नर्कु थरगाउँ अहिले मदिरा शून्य भएको हो । सबै स्थानीय वासिन्दा देवताप्रति आस्था गरी पूजाआजातिर लागेपछि जाँड र रक्सीको उत्पादन तथा बिक्री वितरण नै बन्द भएको छ । मदिरा शून्य भएपछि गाउँवस्ती पनि शान्त भएको छ ।

तेत्तीस घरधुरी भएको सो वस्तीमा कोही कसैले मदिरा उत्पादन तथा सेवन नगर्न देवताले नै आग्रह गरेपछि यस्तो भएको बताइएको छ । पहिलेदेखि मान्दै आएका कुल देवताहरुले मदिरा सेवन तथा बेचविखन गर्दा राम्रो नहुने भनेपछि पछिल्लो दुई जर्षदेखि मदिरा बन्द भएको पुजारी रामबहादुर बोहोराले बताए ।

“पहिले मदिरा सेवन गर्ने, होहल्ला गर्ने, घरमा दिनहुँ झैझगडा हुने, र विभिन्न घरेलु हिंसा हुन्थ्यो तर देवताले नै सबै रोक्न लगाएपछि अहिले सबै शान्त भएको छ”, वडा सदस्य मुनलाल बुढाले भने ।

सबै क्षत्रीको मात्र बसोवास रहेको यो वस्तीमा पहिले मदिरा सेवन गर्नेहरुलाई पनि अहिले देवता प्रकट भएपछि एक किसिमको सकारात्मक सन्देश बाहिर गएको स्थानीय वासिन्दाहरुले बताउने गरेका छन् । धर्म संस्कृति बचाउन पुर्खादेखि पूजाआजा गर्दै आएका स्थानीयहरुले यो गाउँलाई मदिराको हिसाबले जिल्लाकै नमूना गाउँ बनाएका छन् ।

देवताहरुले गाउँमा अन्नबाली छर्दा, भित्र्याउँदा तथा अन्य शुभ कार्यका लागि संस्कार निर्माण गरेको स्थानीयवासीको भनाइ छ ।

रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

८८ किलो सुन प्रकरणमा लैनचौरका डिएसपीलाई स्पष्टीकरण
८८ किलो सुन प्रकरणमा लैनचौरका डिएसपीलाई स्पष्टीकरण
रोल्पा पुगेर प्रचण्डले भने ‘चुनावमा एक्लै जान तयार छौँ
रोल्पा पुगेर प्रचण्डले भने ‘चुनावमा एक्लै जान तयार छौँ
पेरिसडाँडाको मुख्यालयका लागि प्रचण्डले दिए दुई करोड
हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
माथिल्लो कर्णाली विवाद : भारतीय कम्पनीलाई लगानी जुटाउने बाटो खुल्यो
माथिल्लो कर्णाली विवाद : भारतीय कम्पनीलाई लगानी जुटाउने बाटो खुल्यो
१५बुँदे सन्देशसहित राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक
१५बुँदे सन्देशसहित राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक
चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल
चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल
मन्त्रिपरिषद पुनर्गठन अन्यौलमा
मन्त्रिपरिषद पुनर्गठन अन्यौलमा
देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
पाकिस्तानद्धारा हवाई आकाश बन्द,थाइल्याण्डमा यात्रु अलपत्र
पाकिस्तानद्धारा हवाई आकाश बन्द,थाइल्याण्डमा यात्रु अलपत्र