दुई छोरा लाई झुण्ड्याएर आमा ले गरीनआत्महत्या

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
४८ पटक हेरिएको
Shares
दुई छोरा लाई झुण्ड्याएर आमा ले गरीनआत्महत्या

सारांश

  • विराटनगर २५ ,भदौ ।
  • मोरङको बुढीगंगा गाउँपालिका की एक महिलाले दुई छोरालाई  पासो लगाएर झुन्ड्याएपछि आज आफूले पनि आत्महत्या गरेको खुलेको छ उनले  १० वर्षीय निशान यादव र ५ वर्षीय अमन लाई घरकै बलोमा डोरीको पासो लगाउँदै झुन्ड्याएपछि २९ वर्षीय कविता यादवले पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
  • मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार दुबै छोरालाई डोरीको पासो लगाएर झुन्ड्याए पछि आमा आफूले पनि एक तले घरको बलोमा डोरीको पासो लगाएर झुन्डिएर आत्महत्या गरेको खुलेको हो,प्रहरी घटनास्थलमा पुग्दा विहान साढे १० बजे कान्छो छोरा अमन र आमाको शव घरको बलोमा झुन्डिएको अवस्थामा फेला परेको केसीको भनाइ छ ।

विराटनगर २५ ,भदौ । मोरङको बुढीगंगा गाउँपालिका की एक महिलाले दुई छोरालाई  पासो लगाएर झुन्ड्याएपछि आज आफूले पनि आत्महत्या गरेको खुलेको छ उनले  १० वर्षीय निशान यादव र ५ वर्षीय अमन लाई घरकै बलोमा डोरीको पासो लगाउँदै झुन्ड्याएपछि २९ वर्षीय कविता यादवले पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार दुबै छोरालाई डोरीको पासो लगाएर झुन्ड्याए पछि आमा आफूले पनि एक तले घरको बलोमा डोरीको पासो लगाएर झुन्डिएर आत्महत्या गरेको खुलेको हो,प्रहरी घटनास्थलमा पुग्दा विहान साढे १० बजे कान्छो छोरा अमन र आमाको शव घरको बलोमा झुन्डिएको अवस्थामा फेला परेको केसीको भनाइ छ ।जेठो छोरा निशानलाई झुन्ड्याएको डोरी भने छिनेका कारण उनी भने बाँच्न सफल भएको प्रहीले जनाएको छ । छोरालाई भने घाइते अवस्थामा प्रहरीले उपचारका लागि विराट नर्सिङ होममा लगेको छ । आमाले झुन्ड्याएका मध्ये कान्छो छोराको मृत्यु भए पनि डोरी छिनेका कारण जेठो छोरालाई भने घाइते अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

स्थानीय बासिन्दाका अनुसार कविता का पति अमरलाल यादवको २वर्ष अघि नै निधन भइसकेको थियो । सोही घरमै बस्दै  कवितासंग केही समय देखि भारतको फारवेशगन्जका रामदेव झा बस्दै आएका थिए ।एसपी केसीले रामदेव भनिने व्यक्ति सम्पर्कमा नरहेको र उनको खोजी भइरहेको जानकारी दिनु भयो । उनलाई नियन्त्रणमा लिएपछि घटनाका बारेमा थप कुरा बाहिर आउने र घटनाका बारेमा पनि केही सुराक मिल्ने अपेक्षा प्रहरीले गरेको छ । उपचारका लागि नर्सिङ होम पुर्याएका १० वर्षीय बालक निशानले भने आमाले सुरुमा भाई र आफूलाई डोरीले घाँटीमा बाँधेर झुन्ड्याएपछि आफूले पनि डोरी लगाएर झुन्डिएको प्रहरीलाई बताएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाका अनुसार बालकले आफूलाई झुन्ड्याउन साथ आमा पनि डोरी लगाएर झुन्डिएको बताएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको प्राथमिकता ओलीभन्दा बाबुराम, सह-अध्यक्ष बन्न प्रस्ताव !
प्रचण्डको प्राथमिकता ओलीभन्दा बाबुराम, सह-अध्यक्ष बन्न प्रस्ताव !
प्रदेश नं ४ को मुख्य न्यायाधिवक्तामा घिमिरे सिफारिस
प्रदेश नं ४ को मुख्य न्यायाधिवक्तामा घिमिरे सिफारिस
प्रकाशको निधनपछि दुई घेरामा यसरी चल्दैछ प्रचण्डको सचिवालय
प्रकाशको निधनपछि दुई घेरामा यसरी चल्दैछ प्रचण्डको सचिवालय
टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख दिने निर्णयको बारेमा यहाँहरु को धारणा के छ ?
साउन ६ गते मंगलवारको राशिफल यस्तो छ
साउन ६ गते मंगलवारको राशिफल यस्तो छ
बिमस्टेकमा यी व्यक्तिहरूलाई खतरा हुनसक्ने !बिशिष्ठ पाहुनाहरुले सुरक्षाकर्मी, हातहतियार र सवारी साधन ल्याउने
बिमस्टेकमा यी व्यक्तिहरूलाई खतरा हुनसक्ने !बिशिष्ठ पाहुनाहरुले सुरक्षाकर्मी, हातहतियार र सवारी साधन ल्याउने
फुटबाट जोगाउन एक तिहाई नेकपा सांसदहरु सक्रिय
फुटबाट जोगाउन एक तिहाई नेकपा सांसदहरु सक्रिय
जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु
जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु
भूवनले अनमोलको फोटो खिचेकै पैसा मागे
भूवनले अनमोलको फोटो खिचेकै पैसा मागे
कास्कीमा नेकपाको दाेब्बर अग्रता
कास्कीमा नेकपाको दाेब्बर अग्रता