सुजल र आरुषीले जिते स्वर्ण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १५, २०८०
|
|
३६ पटक हेरिएको
Shares
सुजल र आरुषीले जिते स्वर्ण

सारांश

  • काठमाडौँ ।
  • लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा आज स्वर्णपदक जितेका छन् ।
  • सुजलले छात्र तथा आरुषीले छात्रामा स्वर्ण हात पारेका हुन् ।

काठमाडौँ । लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा आज स्वर्णपदक जितेका छन् । सुजलले छात्र तथा आरुषीले छात्रामा स्वर्ण हात पारेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुजलले निर्धारित दूरी ११.४ सेकेन्डमा पूरा गरे । मधेस प्रदेशका आदेश यादवले रजत तथा कर्णाली प्रदेशका सुशील ओलीले कास्य जिते । आरुषीले निर्धारित दूरी तय गर्न १३.७ सेकेन्ड समय लगाइन् । बागमतीका दिना गोपालीले रजत जितिन् भने स्वागता खाइजुले कास्य हात पारे ।

छात्र एक हजार पाँच सय मिटर दौड ४ मिनेट २२.८ सेकेन्डमा सकाउँदै लुम्बिनीका विकास विकले शीर्ष स्थान हात पारे । गण्डकीका बादल कार्की दोस्रो तथा सुदूरपश्चिम प्रदेशका अमित आउजी तेस्रो भए । उक्त स्पर्धाको छात्रामा गण्डकीकी नारायणी भण्डारीले ५ मिनेट १५.४ सेकेन्डमा दौड पूरा गर्दै पहिलो बनिन् । लुम्बिनीकी मोतिकला डाँगी दोस्रो तथा कोशी प्रदेशकी निला जिमी तेस्रो भए ।

छात्र हाई जम्पमा बागमतीका नवीन खत्री पहिलो भए । उनले १.६८ मिटर उचाइ नाघे । गण्डकीका मनीष जिसी तथा कोशीका सागर यादव संयुक्त रुपमा दोस्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा १.४५ मिटर उचाइ नाघेकी गण्डकीकी सीमा श्रेष्ठले स्वर्ण चुमिन् । लुम्बिनीकी प्रमिला चौधरीले रजत तथा सुदूरपश्चिमकी सुस्मिता चौधरीले कास्य प्राप्त गरे । तीनदिने उक्त प्रतियोगितामा विभिन्न सात प्रदेशका एक सय ५४ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरेक जिल्लामा नमूना आयोजना सम्पन्न गर्नुपर्छःमुख्यमन्त्री
हरेक जिल्लामा नमूना आयोजना सम्पन्न गर्नुपर्छःमुख्यमन्त्री
लाइसेन्सको अनलाइन फारम अब अनलिमिटेड
लाइसेन्सको अनलाइन फारम अब अनलिमिटेड
यी हुन्  सडक बालबालीकालार्इ हस्त मैथुन गराउने सन्यासी बावा
यी हुन् सडक बालबालीकालार्इ हस्त मैथुन गराउने सन्यासी बावा
सरकारी कार्यालयमा विस्फोट गराउने दोषि ९ वर्षपछि पक्राउ
सरकारी कार्यालयमा विस्फोट गराउने दोषि ९ वर्षपछि पक्राउ
कोरोनो भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६२ पुग्यो, १७ हजार बढी संक्रमित
कोरोनो भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६२ पुग्यो, १७ हजार बढी संक्रमित
शिवचन्द्रले यादवसँग मतान्तर घटाउँदै
शिवचन्द्रले यादवसँग मतान्तर घटाउँदै
पटक पटक विद्युत् अवरुद्ध भएपछि पूर्व-पश्चिम राजमार्गमा चक्काजाम
पटक पटक विद्युत् अवरुद्ध भएपछि पूर्व-पश्चिम राजमार्गमा चक्काजाम
प्रधानमन्त्रीसँग राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको भेट
प्रधानमन्त्रीसँग राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको भेट
अखिलका अध्यक्ष महरको आरोप : गगन थापामाथि भ्रष्टाचारको आरोप छ, छानबिन हुनुपर्छ (भिडियोसहित)
अखिलका अध्यक्ष महरको आरोप : गगन थापामाथि भ्रष्टाचारको आरोप छ, छानबिन हुनुपर्छ (भिडियोसहित)
निर्वाचन आयोगको नांगो भ्रष्टाचार, खाजाका नाममा लाखौ स्वाहा !